कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए

दूरबिन नेपाल     १३ आश्विन २०७६, सोमबार ११:४५    

Anil Baral Real Estate

हाङ्झोउ : १३ असोज : चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।

 

दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलागी शुरु भएको बताइएको छ ।

 

स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

(रासस ÷सिन्ह्वा)


१३ आश्विन २०७६, सोमबार ११:४५ मा प्रकाशित