सरकार र नेकपा नेतृत्व नै ‘नवमण्डले’ जन्माउन लागे  : काँग्रेस 

दूरबिन नेपाल     १४ आश्विन २०७६, मंगलवार १३:०२    

Anil Baral Real Estate

अमेरिका, अक्टोर १ । नेपाली काँग्रेसले सरकार र नेकपाको नेतृत्वले नै नव मण्डले प्रवृतीलाई बढावा दिन खोजेको आरोप लगाएको छ ।  पार्टी मुख्यालय सानेपामा म‌ंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकास शर्माले यस्तो आरोप लगाएका हुन् ।  उनले लोकतन्त्र प्रतिकारले नभइ परिमार्जनले बलियो हुने बताए ।

प्रवक्ता शर्माले काँग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा बाँके सभापति माथि भएको आक्रमण, चितवनमा सामाजिक अभियन्ता भनिने  युवा ज्ञानेन्द्र शाही माथि भएको आक्रमण र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको प्रतिकारको निर्देशनलाई राम्रो संकेत मान्न नसकिने बताए ।

उनले भने ‘ हामीले आग्रह गर्न चाहेका छौं, लोकतन्त्र प्रतिकारले होइन परिमार्जनले बलियो हुन्छ, राजनेताको उचाई प्रतिकारको निर्देशनले होइन परिमार्जनको संकल्पले बढ्छ ।’  प्रवक्ता शर्माले नवमण्डले प्रवृती भएको भन्दै यस्तो प्रवृतीलाई नियन्त्रण गर्न राज्य लाग्नु पर्नेमा राज्य आफै  यस्तो गतिविधिमा लाग्दा समाजमा द्वन्द्ध बढ्ने भन्दै चिन्ता व्यक्त गरे ।

उने भने ‘ हामी फेरि पनि यस अगाडिको प्रश्न दोहोर्याउन चाहान्छौं, समाजमा धेरै प्रश्न, धेरै गुनासा, धेरै वितृष्णा छन् । यो बढ्न नदिन सत्तापक्ष र प्रतिपक्षको भूमिका रहन्छ । यसमा हामी सहयोगि भूमिकामा उभिन तयार छौं ।’

प्रवक्ता शर्माले सरकार सच्चिने भन्दा पनि आफ्नै कार्यकर्तालाई नवमण्डले बनाउन नेतृत्व पङ्ति उद्दत छ भन्ने प्रश्न उब्जिएको दावी गरे ।


१४ आश्विन २०७६, मंगलवार १३:०२ मा प्रकाशित