सन् २०१९ को चिकित्सा विज्ञान तर्फको नोवेल पूरस्कार तीन वैज्ञानिकलाई

दूरबिन नेपाल     २० आश्विन २०७६, सोमबार २०:५५    

Anil Baral Real Estate
अमेरिका, अक्टोबर   सन् २०१९ को चिकित्सा विज्ञान तर्फको नोवेल पूरस्कार तीन वैज्ञानिकलाई संयुत्तरुपमा प्रदान गरिने भएको
नोवेल विजेता तीन वैज्ञानिकले कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका थिए पुरस्कार पाउनेमा ब्रिटेनका सर पिटर र्‍याट्क्लिफ संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा छन्।
उनीहरूको खोजले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ।
उनीहरूको अनुसन्धानले रक्तअल्पता क्यान्सरको उपचारको नयाँ विधिमा पनि सहयोग पुर्‍याएको छ।
स्विडिश अक्याडमीले भनेको , अक्सिजनको मूलभूत महत्त्वलाई शताब्दियौँदेखि बुझिँदै आएको , तर अक्सिजनको मात्रामा हुने
परिवर्तनहरूलाई कोषहरूले कसरी चिन्छन् भन्ने कुरा अहिलेसम्म थाहा थिएन।
एजेन्सि

२० आश्विन २०७६, सोमबार २०:५५ मा प्रकाशित