ट्वान्टी ट्वान्टी क्रिकेट : नेपाल ओमान सँग ६ विकेटले पराजित 

दूरबिन नेपाल     २३ आश्विन २०७६, बिहीबार १२:३१    

Anil Baral Real Estate

 

अमेरिका, अक्टोवर १० । पेन्टागुलर ट्वान्टी ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत ओमान विरुद्दको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । पाँच राष्ट्र सहभागि रहेको सिरिजको अन्तिम खेलमा नेपाल निकै फितलो देखियो ।   नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले घरेलु मैदानमा  ११  ओभर पाँच बलमा चार विकेट खर्चर पुरा गर्यो ।  ओमानका सुरज कुमारले ४२ रन बनाए ।

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा ६४ रन जोड्दा अलआउट हुन पुगेको थियो । आरिफ शेखले २० रन जोडे पनि अन्य  ब्याट्सम्यान खराव दिनबाट गुज्रिए ।  कप्तान पारस खड्का मात्र पाँच रनमा समेटिए । यस्तै  दिपेन्द्रसिहं ऐरी १०, करन केसी र  सोमपाल कामी आठ रनमा समेटिएका थिए ।  नेपाली ब्याट्सम्यानलाई सस्तोमा एक पछि अर्को गर्दै पविलियनको बाटो देखाउने क्रममा  ओमानका अमिर खलिमले पाँच विकेट लिए ।

फोटो : रमण सिवाकोटी, क्यान


२३ आश्विन २०७६, बिहीबार १२:३१ मा प्रकाशित