नख्खुखोला-भैसेपाटी-बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय 

दूरबिन नेपाल     २३ आश्विन २०७६, बिहीबार १३:४७    

Anil Baral Real Estate

काठमाडौं २३ असोज : सरकारले  नख्खुखोला-भैसेपाटी-बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहिवार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को १७ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले  सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको जनाए ।  त्यस्तै महासेनानी कुमारवा थापासहित ५ जना महासेनानीहरुलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोजाले जानकारी दिए ।

असोज १७ गतेको मन्त्रीपरिषद्का  निर्णयहरु :

 

१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्ब ७७ करोड १३ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने,

२. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने,

३. आर्थिक वर्ष ०७६/७७ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत,

४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारवा थापासहित ५ जना महासेनानीहरुलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने

५. नख्खुखोला-भैसेपाटी-बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने,

६. नेपाल-भारत विद्युत व्यापार सम्झौता अन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ।


२३ आश्विन २०७६, बिहीबार १३:४७ मा प्रकाशित