अमेरिकामा सम्पन्न ‘न्युयोर्क ओपन’ करातेमा नेपालीमुलका खेलाडीलाई स्वर्ण

दूरबिन नेपाल     २७ आश्विन २०७६, सोमबार १२:५२    

Anil Baral Real Estate

न्युयोर्क, अक्टोवर १४ ।  न्युयोर्क ओपन करातेमा नेपालीमुलका खेलाडीले स्वर्ण पदक जितेका छन् । नेपालीले संचालन गरेको अमेरिकाको पहिलो कराते स्कूल इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशन न्युयोर्कबाट भाग लिएकी केल्साङ्ग लामाले करातेको कुमितेमा स्वर्ण पदक जितित । उनले कतामा पनि रजत पदक हात पारिन् ।

यस्तै सर्वोच्च राई कातामा रजत पदक जिते ।   इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनबाट प्रतियोगितामा सहभागि नाफिस महिम कतातर्फ स्वर्ण पदक जिते । महिम बंगलादेशीमुलका हुन् । चीनियाँ मुलकी जीच्याङ्ग लीले पनि इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनलाई कातामा स्वर्ण र कुमितेमा काश्य पदक जितिन् । बंगलादेशीमुलका समित चौधरीले पनि कातामा काश्य पदक जिते ।

 

इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनबाट न्युयोर्क ओपनमा पाँच जनाले भाग लिएका थिए । जस मध्ये उनीहरुले सात पदक जिते । एक दिने न्युयोर्क ओपनमा तीन सय ५० खेलाडीको सहभागिता थियो ।

इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशन सन् २००८ नेपालीले  स्थापना गरेको कराते स्कूल हो । एशोशिएशनका सन्चालक तथा मुख्य प्रशिक्षक पर्खी राईका अनुसार यो स्कूलमा अहिले ७५ जनाले कराते सिक्दै आएका छन्


२७ आश्विन २०७६, सोमबार १२:५२ मा प्रकाशित