अमेरिकामा नेपाली काँग्रेसको ‘प्लेन अपहरण’ प्रदर्शन

दूरबिन नेपाल     २८ आश्विन २०७६, मंगलवार ०२:३२    

Anil Baral Real Estate

क्यालिफोर्निया ।

नेपाली काँग्रेसको विदेश स्थित सङ्गठन नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरले आइतबार सानफ्रानसिस्कोमा चियापान कार्यक्रमको आयोजना गर्‍यो ।

नेपाली काँग्रेसले नेपालमा दसैँ तिहार जस्ता चाडबाडको बिचमा भेटघाट र आपसी सद्भावलाई प्रगाढ बनाउन गर्दै आएको चियापानलाई नेपाली काँग्रेसका समर्थक शुभचिन्तकहरूले अमेरिकामा पनि निरन्तरता दिँदै आएका छन् ।

अमेरिकाका प्रतिष्ठित विश्व विद्यालय यूसी बर्कली र स्टान्डफोर्डमा शैक्षिक अन्तरक्रियाका लागि नेपालबाट आएका पत्रकार जगत नेपालले तयार गर्नु भएको डकुमेन्ट्री ‘प्लेन हाइज्याक’ सोही भेलामा प्रदर्शन गरियो । नेपालबाट आउनु भएका प्राध्यापक अतुल कोइरालाले नेपाली काँग्रेसले प्रतिबन्धित कालमा गरेको प्लेन अपहरणको घटनामा आधारित डकुमेन्ट्री प्लेन हाइज्याक एउटा ऐतिहासिक दस्ताबेज बनेको बताउनु भयो । घटनास्थल, पात्रको अनुभव र भनाइलाई समेटेर पुरानो घटनालाई जीवन्त बनाएको सो डकुमेन्ट्री काँग्रेसले प्रजातन्त्रका लागि सङ्घर्ष गर्दाको फ्ल्यासब्याक पनि हो ।

जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसी, च्याप्टरका कार्यवाहक सभापति नारायण खनाल, महासचिव हरि भट्ट, सचिव विनोद पौडेल, कोषाध्यक्ष गोमा अधिकारी, एनआरएनए अमेरिकाका कोषाध्यक्ष बन्धु पोखरेल,सन्चारकर्मी पवन पौडेल, ने बि सङ्घ गुल्मीका पूर्व अध्यक्ष श्रीराम काजी थापा, विकल्प फाण्डेशनका अध्यक्ष निर्मल कुमार फुयाँल, जनसम्पर्क समिति र ने बि सङ्घका पूर्व नेताहरू डाक्टर आमोद पोखरेल, नारायण पोखरेल, विश्व भट्ट, शिव ढकाल, अनुप अधिकारी, गणेश लिम्बु, कृष्णराज गिरी,अख्तर अन्सारी लगायत दर्जनौँ कार्यक्रममा सहभागी भएका थिए ।

 


२८ आश्विन २०७६, मंगलवार ०२:३२ मा प्रकाशित