सासंद एक पछि अर्को पक्राउ पर्दै : नेकपाका पार्वत गुरुङलाई पक्राउ पूर्जी 

दूरबिन नेपाल     २९ आश्विन २०७६, बुधबार १३:०६    

Anil Baral Real Estate

काठमाडौं, २९ असोज । विभिन्न आरोपमा एक पछि अर्का सासंद पक्राउ पर्दै गर्दा पछिल्लो समय सत्तरुढ नेकपाका केन्द्रीय सदस्य तथा सासंद  पार्वत गुरुङ बिरुद्द पक्राउ पूर्जी जारी गरिएको छ । सासंद गुरुङलाई पक्राउ गर्न  काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

 

दोलखाबाट निर्वाचित सासंद गुरुङलाई ज्यान मार्ने उद्योग अन्तर्गत काठमाडौं जिल्ला अदालतले असोज ८ गते  पक्राउ गर्न पत्र जारी गरेको हो । वीरध्वज खड्काले गत वैसाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएका थिए।

 

मुद्धा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो। तर, अहिलेसम्म सांसद गुरुङलाई प्रहरीले अदालतमा उपस्थित गराएको छैन।

 

सासंद गुरुङले यो मुद्दा राजनीतिक भएकोले आफुले त्यसै अनुसार जवाफ दिने बताएका छन् ।  वीरध्वज खड्कालाई २०७४ वैसाखमा काठमाडौंमा आक्रमण भएको थियो। खड्का तत्कालीन नेकपा माओवादीका कार्याकर्ता हुन्। स्थानीय निर्वाचन अगाडि गौरीशंकर गाउँपालिका २ जुबुमा कुलबहादुर तामाङको हत्या भएको थियो। त्यही घटनालाई लिएर तत्कालीन नेता देवी खड्का, विशाल खड्का, गंगा कार्की लगायत ३९ जनाविरुद्ध किटानि जाहेरी परेको थियो। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेर अदालतमा समेत बुझाएको थियो। उनीहरु धरौटीमा रिहा भएका थिए।

 

नेकपाकै सांसद रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले हिरासतमा छन्। हिजोमात्रै राजपाका सांसद प्रमोद साह पनि गिरफ्तार भएका थिए। त्यस्तै नेपाली कांग्रेसका सांसद मोहम्मद अफताफ आलम पनि ज्यान मुद्दामा पक्राउ परेका छन्।

फोटो : सासंद गुरुङको फेसबुक पेजबाट


२९ आश्विन २०७६, बुधबार १३:०६ मा प्रकाशित