एनआरएनएको निर्वाचनमा चरम लापरबाही एक दिनका लागि निर्वाचन स्थगित

दूरबिन नेपाल     २९ आश्विन २०७६, बुधबार २२:१७    

Anil Baral Real Estate
काठमांडौं ।
नेपाल सरकार र राजनीतिक दलहरूको प्रत्यक्ष प्रभाव र दबाब झेलिरहेको गैर आवासीय नेपाली सङ्घको अधिवेशनमा निर्वाचन प्रणालीले समेत धोका दिएको छ । एउटा उम्मेदवारलाई मतदान गर्दा अर्को नतिजा देखिने भएपछि मतपत्र छापेर ब्यालेट बक्समा खसाल्नका लागि निर्वाचन एक दिन पछाडि सारिएको हो ।

 महासचिव बद्री केसी लगायतले नियोजित रूपमा निर्वाचन प्रक्रिया, प्रतिनिधि दर्ता र परिचय पत्र वितरणमा हस्तक्षेप गर्दै चरम धाँधली गरेर संस्थाका विधि, विधान र प्रक्रियालाई मृत अवस्थामा पुर्‍याएको आरोप आचार्य पक्षले लगाउँदै आएको छ । निर्वाचनका लागि राखिएको प्रणालीमा देखिएको समस्यालाई पनि यसैको निरन्तरताको रूपमा हेरिएको छ ।

 सम्बन्धित देशले पैसा लिएर प्रकृयागत ढङ्गले पठाएको प्रतिनिधि सूचिमा रहेकालाई हटाएर मनलागि प्रतिनिधि थपिएको छ । जसले गर्दा धेरै देशको कार्यसमिति र आरसीले सिफारिस गरेका भन्दा अरू नै प्रतिनिधिहरू सूचिमा देखिन्छन् । स्थापना काल देखि आफ्नो कब्जामा राखेका रसियन ब्लक र कम्युनिष्ट पक्षधरले निर्वाचन जित्नकै लागि सम्बन्धित देशबाट सिफारिस नै नभएका करिब एक हजार प्रतिनिधि थप गरेको काठमांडौं अधिवेशनमा रहेकाहरु बताउछन् ।

 सम्बन्धित देशको नागरिकता, स्थायी बसोबास पत्र वा भिसा भएकालाई मात्र मतदान गर्न दिने सहमति भएकाले केही नक्कली मतदाता घट्न सक्ने अनुमान गरिएको छ ।


२९ आश्विन २०७६, बुधबार २२:१७ मा प्रकाशित