बालन डि’अर अवार्डका लागि  शिर्ष ३० मा पर्नेको  नाम सार्वजनीक 

दूरबिन नेपाल     ५ कार्तिक २०७६, मंगलवार १३:४७    

Anil Baral Real Estate

 अमेरिका, अक्टुबर २२ । बालन डि’अर अवार्डको  प्रारम्भिक सूचीमा परेका ३० जना फुटबलरको नाम सार्वजनिक गरिएको छ। फ्रेञ्च फुटबल म्यागेजिनले विश्वभरका उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने अवार्डमा इंग्लिस क्लब लिभरपुलका ७ जना खेलाडी परेका छन्। जसमा भर्जिल भान डाइक, मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिनो, अलेक्डेन्डर अर्नोल्ड, विजनाल्डम र एलिन्सन रहेका छन्।

 

यस्तै म्यानचेस्टर सिटीका पाँच खेलाडी सूचीमा छन्। जसमा रहिम स्टर्लिङ, रियाद महारेज, केभिन डि ब्रुनी, बेर्नान्डो सिल्भा र सर्जियो अग्युरो छन्। सधैं झैं लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो पनि सूचीमा छन्। यता पिएसजीका नेइमार, म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र टोटनह्यामका ह्यारी केन सूचीमा छैनन्।  गत वर्षका विजेता रियल म्याड्रिडका लुका मोड्रिक पनि सूचीमा छैनन्। विजेताको घोषणा आगामी २ डिसेम्बरमा  गरिनेछ।

 

फ्रान्स फुटबल म्यागजिनले १९५६ बाट वार्षिक रुपमा फुटबलको सर्वोत्कृष्ट खेलाडीलाई बालन डी’अर अवार्डबाट सम्मान गर्दै आएको छ। यो अहिले विश्व खेलकुदमा कुनै पनि फुटबलकर्मीले पाउने सबभन्दा प्रतिष्ठित अवार्ड हो।

१९५६ मा स्ट्यान्ली माथ्युजलाई प्रदान गरेर सुरु गएिको यो अवार्डले ६३औं संस्करणसम्मको यात्रा गर्दा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी मिलेर पछिल्लो दश वर्ष एकछत्र वर्चश्व जमाए। रोनाल्डो र मेसीको बर्चश्वलाई गत वर्ष क्रोएसियाका कप्तान लुका मोड्रिचले तोडे। २००८ देखि २०१८ सम्म विश्व फुटबलका स्टार रोनाल्डो र मेसीले १० वर्षमा कीर्तिमानी ५/५ पटक बालन डी’अरमा आफ्नो नाम लेखाए।

 

सर्वकालिन प्रतिद्वन्दी रोनाल्डो र मेसी यो अवार्डका दाबेदार मानिन्छन्। तर, गतवर्ष रियाल मड्रिडबाट च्याम्पियन्स लिग जित्नुका साथै रुसमा सम्पन्न विश्वकपमा टोलीलाई फाइनलसम्म डोर्‍याएका मोड्रिचले मेसी र रोनाल्डोको वर्चश्व तोडेका थिए।

 

मनोनयनको सूची

भर्जिल भान डाइक

– लिभरपुल बेर्नान्डो सिल्भा

– म्यानचेस्टर सिटी सन हेउन मिन

– टोटनह्याम रोबर्ट लेवान्डोस्की

– वायर्न म्युनिख रोबर्टो फिर्मिनो

– लिभरपुल एलिन्सन

– लिभरपुल माथिज डि लिट

– युभेन्ट्स करिम बेन्जिमा

– रियल म्याड्रिड गियोर्जिनो विज्नाल्डम

– लिभरपुल सर्जियो अग्युरो

– म्यानचेस्टर सिटी फ्रान्की डि जोङ

– बार्सिलोना हुगो लोरिस

– टोटनह्याम डुसान टाडिक

– अयाक्स क्रिस्टियानो रोलान्डो

– युभेन्ट्स केलियन एमबाप्पे

– पिएसजी ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड

– लिभरपुल डोनी भान डे विक

– अयाक्स पियरी इमेरिक आउबायमेयाङ

– आर्सनल मार्क आन्द्रे टेर स्टेगेन

– बार्सिलोना साडियो माने

– लिभरपुल लियोनल मेसी

– बार्सिलोना रियाद महारेज

– म्यानचेस्टर सिटी केभिन डे ब्रुनी

– म्यानचेस्टर सिटी कलिडोउ काउलीबाली

– नापोली एन्टोनी ग्रिजम्यान

– बार्सिलोना मोहमद सलाह

– लिभरपुल इडिन हजार्ड

– रियल म्याड्रिड मर्क्युन्होस

– पिएसजी रहिम स्टर्लिङ

– म्यानचेस्टर सिटी जोआओ फेलिक्स

– एट्लेटिको म्याड्रिड


५ कार्तिक २०७६, मंगलवार १३:४७ मा प्रकाशित