अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगको संकटमा ? ट्रम्पले युक्रेनमाथी दवाव दिएको राजदुतको खुलासा

दूरबिन नेपाल
पूर्व उपराष्ट्रपति जो बाइडनमाथी युक्रेनले छानविन नगरे सैन्य सहायता रोक्न चेतावनी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको युक्रेनका लागि अमेरिकी राजदुत विल टेलरले बताएका छन । ट्रम्पमाथी महाअभियोग लगाउने बारे भइरहेको छाविनका क्रममा युक्रेनका लागि अमेरिकी निमित्त राजदुत टेलरले युक्रेनमाथी दवाव दिइएको बताएका थिए । आफ्ना सम्भावित प्रतिष्पर्धी तथा पूर्व उपराष्ट्रपति जे बाइडनमाथी युक्रेनले छानविन नगरे सहायता रोकिदिने राष्ट्रपति ट्रम्पले धम्कि दिएर अमेरिकी संविधान विपरित कार्य गरेको भन्दै उनीमाथीको महाअभियोग प्रक्रिया अघि बढिरहेको छ । आफ्नो घरेलु मामिलामा विदेशीसंगको सम्बन्ध विगारेको भन्दै ट्रम्पको चौतर्फी विरोध भइरहेको छ । महाअभियोग सम्बन्धी बयान दिने टेलर पछिल्ला व्यक्ति हुन । यसअघि युरोपेली संघका लागि अमेरिकी राजदुतलाई बयान नदिन राष्ट्रपति ट्रम्पले आदेश दिएका थिए ।
“यो अति बापपन्थी र उग्र कर्मचारीको षडयन्त्र हो”– ह्वाइट हाउस
राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा यतिबेला अमेरिकी संसदमा बयान चलिरहेको छ । यसलाई ह्वाइट हाउसकी प्रवक्ता स्टेफनी ग्र्रिसमले राष्ट्रपति ट्रम्पले कुनै गलत कार्य नगरेको र यो सबै अति बामपन्थी सांसदहरु र उग्र कर्मचारीको भ्रामक अभियान भनी कडा टिप्पणी गरेकी छिन ।
यो संगै ट्रम्प्का वकिललाई महाअभियोग सम्बन्धी कागजपत्र पेश गर्न आदेश दिइएको छ । यद्यपि युक्रेनसंगको लेनदेनमा कुनै परिवर्तन नभएको राष्ट्रपति ट्रम्पको जिकिर छ । राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच जुलाई २५ मा टेलिफोन संवाद भएको थियो । जसमा ट्रम्पले बाइडन र उनका छोरा हन्टरविरुद्ध अनुसन्धान गर्न दवाव दिएको बताइएको छ ।
६ कार्तिक २०७६, बुधबार ०३:०८ मा प्रकाशित