सुमन बुढामगरलाई अमेरिका फर्कन रोकि न्याय दिन भन्दै श्रीमतीले दिइन उजुरी

दूरबिन नेपाल     ६ कार्तिक २०७६, बुधबार १२:२३    

Anil Baral Real Estate

अमेरिका, अक्टोवर २३ । नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामगर माथि फेरि अर्को उजुरी परेको छ । यस अघि यौन दुर्व्यवहारको आरोप लागेका बुढामगरलाई अहिले उनैकी श्रीमतीले लालनपोषण नगरेको भन्दै उजुरी दिएकी हुन् । उजुरीमा सुमनलाई तत्काल अमेरिका फर्कनबाट रोकी आफुलाई न्याय दिन माग गरिएको छ ।

नेपालमा रहेकी सुमनकी श्रीमती तारा रोकाय बुढाले ‘श्रीमानले मलाई र बालबच्चाको लालनपालनको खर्च समेत नदिने गरेको र यस बारेमा कुरा गर्दा धम्की दिने गरेको’ भन्दै जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएकी थिइन । उनकै उजुरीका आधारमा जिल्ला प्रसाशन कार्यलयले महानगरीय प्रहरी परिसर टेकुलाई आवश्यक कार्वाही गर्न भन्दै पत्र पठाएको छ ।

अध्यागमन विभाग, कालिकास्थानलाई बोधार्थ दिइएको पत्रमा ‘निजलाई अमेरिका फर्कन रोकी प्रहरीमा छलफलका उपस्थित गराउनको लागि मिति २०७६\०७\०६ मा निवेदन दिएकाले आवश्यक कारवाहीका लागि उक्त निवेदनको छायाँप्रति यसै साथ संलग्न राखी पठाइएको व्यहोरा आदेशअनुसार अनुरोध छ भनिएको छ ।

यस अघि सुमन माथि एक सांगितिक कार्यक्रममा सहभागि माथि यौन दुर्व्यहारको आरोप लागेको थियो ।  वर्ल्ड कनेक्सन युएस इंक नामक संस्थाले आयोजना गर्न लागेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’  अन्तर्गत  उत्कृष्ट आधुनिक म्युजिक भिडियो मोडल विधामा सहभागि जेनिफर पिनाशा भनिने छिरिङ डोमा शेर्पाले सुमनले आफुलाई पटक पटक मानसिक दवाव दिएको भन्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् । दूरबिन नेपाललाई प्राप्त जेनिफर र सुमन बीचमा भएका फेसबुक च्याटका स्क्रिन सटमा सुमनले अवार्डमा टप थ्री सम्म पारिदिने र अमेरिकामा पनि सहयोग गर्ने भन्दै यौन प्रस्ताव गरेका छन् ।

 

सुमनले जेनिफरलाई धेरै नै माया गर्ने, हेलिकोप्टरमा मनाङ घुम्न जाने प्रस्ताव गरेका थिए । सुमनको कर्तुत बाहिर आए पछि आयोजक सस्थाले उनलाई अवार्ड सम्वन्धी सबै जिम्मेवारीबाट बर्खास्त गरिसकेको छ । अमेरिकामा रहेका कलाकारहरुको सस्थाका अध्यक्ष यस अघि पनि विभिन्न प्रकरणमा विवादमा पर्दै आएका छन् ।

 

मुख्यतय : नेपाल तथा अमेरिकामा रहेका कलाकारहरुलाई भैपरि आउदा सहयोग गर्नका लागि अक्षयकोष निर्माण गर्ने भन्दै कलाकार संघले गत बर्ष न्युयोर्कमा स्रष्टा सम्मानमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । एक सय अमेरिकी डलरमा प्रति टिकट विक्रि गरिएको सो कार्यक्रम अपार सफल भएको दावी गरिएको थियो । तर कार्यक्रम सकिएको एक बर्ष हुनै लाग्दा अक्षयकोषका लागि कुनै पहल नभएको मात्र होइन सो कार्यक्रमको हिसाव नै सार्वजनीक गरिएको छैन ।


६ कार्तिक २०७६, बुधबार १२:२३ मा प्रकाशित