फिप्नाद्वारा सहयोग वितरणको आर्थिक प्रतिवेदन सार्वजनिक नेपालमा २६ लाख बराबरको खाद्यान्न वितरण गरिएको जानकारी

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले नेपालमा गरिएको सहयोग वितरणको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । फिप्नाद्वारा आइतबार गरिएको पत्रकार सम्मेलन गरी आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो । फिप्नाले अमेरिकाबाट आर्थिक संकलन गरि नेपालमा यहि बर्षको जुलाई ५ देखि अगष्ट २९ सम्म राहत वितरण गरेको थियो । फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएको जानकारी अनुसार अमेरिकाबाट अमेरिकी डलर २२ हजार ५२ दशमलव ११ संकलन गरिएको थियो । अमेरिकामा संकलन गरिएको रकम नेपालका विभिन्न स्थानमा विभिन्न चरणमा राहत वितरण गरिएको थियो ।
फिप्नाको आर्थिक संकलन अभियानमा विभिन्न संघ संस्थाहरू, व्यापारी तथा व्यवसायीहरुको सहयोग गरेका थिए । संस्थागत तथा समुहगतरूपमा घ्याल्सुम्दो सेवा संस्था अमेरीका, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका, मुस्ताङ किदुक यु.एस.ए, युनाईटेड शेर्पा एसोसिएशन यु.एस.ए सहयोग गरेका थिए । त्यसैगरि एनआरएन युएसए उपाध्यक्ष बाबुराम लामा, सदस्यता संस्थाका पदाधिकारीहरू, संघीय परिषदका पदाधिकारीहहरू, सल्लाहकारहरुले पनि सहयोग गरेका थिए । त्यसैगरि फिप्नाको अभियानमा फिप्नाका सल्लाहकार तेन्जिङ उक्याव, नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालय काठमाण्डौ लगायतका व्यक्तिहरुले सहयोग गरेका थिए ।
आइतवार जुम प्रविधि मार्फत गरिएको पत्रकार सम्मेलन फिप्नाका महासचिव नरेन्द्र थापाले संचालन गरेका थिए । पत्रकारहरुको जिज्ञाशाको जवाफ फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएका थिए । पत्रकार सम्मेलनमा अमेरिका र नेपालबाट विभिन्न संचारकर्मीहरुको उपश्थित रहेको थियो ।
२४ कार्तिक २०७७, सोमबार ०३:३३ मा प्रकाशित