काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली कांग्रेसले घोषणपत्र (संकल्पपत्र) सार्वजनिक गरेको छ। संकल्पपत्र कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट सार्वजनिक गरेको हो।
संकल्पपत्र मार्फत कांग्रेसले आफन्तलाई नियुक्ति नदिने घोषणा गरेको छ। नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने समेत कांग्रेसको प्रतिवद्धता गरेको हो।
यस्तै, कांग्रेसले जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ। जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ। सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ।
प्रतिक्रिया लेख्नुहोस्:-