काठमाडौं । धेरै लामो समयको अन्तरालपछि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
सभामुखको सचिवालयले संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आव्हानका सम्बन्धमा छलफल भएको जनाएको छ ।
उनीहरुबीचको छलफल २०७९८० को वार्षिक नीति तथा कार्यक्रमलगायतको विषयमा केन्द्रित थियो । वर्षे अधिवेशनमा सरकारले आफ्नो नीति तथा कार्यक्रम तथा वार्षिक आयब्यय (बजेट) संसदमा पेश गर्ने प्रावधान छ ।
प्रतिक्रिया लेख्नुहोस्:-