काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५१ किलो लागू औषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
उनीहरूबाट बरामद लागू औषधमा सेतो हेरोइन ४९ किलो र खैरो हेरोइन २ किलो रहेको प्रहरीले जनाएको छ । जसको अवैध बजार मूल्य १ अर्ब दुई करोड रहेको ब्युरोका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-