काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सर्वोच्च स्रोतका अनुसार दुबै जनाको स्वास्थ्य समान्य रहेको छ । केही दिनदेखि कोरोनाको लक्षण देखिएपछि उनीहरुले परीक्षण गराएको सर्वोच्चले जनाएको छ । दुबै जना अहिले होम आइसोलेशनमा छन् । पछिल्ला केही दिनदेखि कोरोना संक्रमणको चौथो लहर उकालो लाग्दै गएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-