काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक निष्पक्ष र विवादरहित चलाउने प्रतिबद्धता जनाएका छन्। शनिबारको प्रतिनिधिसभा बैठकमा लिखित मन्तव्य दिँदै सभामुख घिमिरेले प्रतिपक्षलाई पनि महत्त्वका मञ्च दिएर सभा सञ्चालन गर्ने बताएका हुन्।
सभामुख घिमिरेले संसद्लाई सम्बोधन गर्दै भने, ‘स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधिसभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्बन्धमा माननीय सदस्यलाई विश्वास दिलाउन चाहन्छु। सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकाले यसको गरिमा र शाख अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्नेमा सदैव सचेत र क्रियाशील रहनेछु।’
प्रतिक्रिया लेख्नुहोस्:-