काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक जारी छ ।
बैठकमा ८ दलबाट प्रस्तावित राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का उपस्थिति छन् भने माओवादीबाट शक्ति बस्नेत, देव गुरुङ लगायत नेताहरू छन् ।
यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र उक्त पार्टीमा भर्खरै प्रवेश गरेकी एलिजा गौतम पनि सहभागी छिन्।
पुरानो गठबन्धनमा अन्य साना दल पनि सहभागी भएपछि नयाँ बनेको सत्ता समीकरणबारे छलफल भइरहेको जनाइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-