काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले विचार मिल्ने दलसँग पार्टी एकता हुनसक्ने बताएका छन् । अध्यक्ष नेपालले सोमबार पार्टीको प्रशिक्षण कार्यक्रममा सुर्खेतमा पुगेका माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने भन्ने विषयमा पत्रकारले सोधेको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन्।
‘आलोपालोको कुरा बाहिर आउन दिनुस्। अहिले प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ,’ उनले भने। आफूले कसैप्रति कुनै पूर्वाग्रह नराख्ने बताउँदै नेपालले विचार मिल्नेसँग एकता हुने प्रस्ट पारे। उनले भने, ‘विचार मिल्नेसँग एकता हुन्छ,’ उनले भने, ‘कार्यशैली, विचार, सिद्धान्त, मन पनि मिल्छ, पार्टी एकता हुन्छ। हाम्रो पार्टी कुनै हालतमा पनि विलय हुँदैन।’
प्रतिक्रिया लेख्नुहोस्:-