काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आज (बिहीबार) बिहानै १४ जना प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर छलफल गरेका छन्। गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका हुन्।
गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटवाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोनबाट जानकारी लिएका हुन्।
त्यसैगरी चक्रपाणि पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हीरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) सँग टेलिफोन वार्ता गरे। त्यसैगरी गृहमन्त्री खाँणले नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरेका हुन्।
बिहान चिया खाने समयमा गृहमन्त्री खाँणले प्रजिअहरूसँग जिल्लामा कोरोना संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोरोना संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा–सुविधा, कर्मचारीको संख्या पुग अपुग, जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन जस्ता विषयमा जानकारी लिएका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-