काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन नचल्ने बताएका छन् ।
कोइरालाले आज चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूलाई सुशासनको पक्षधर बताउने पार्टीका सभापति नै सहकारी ठगीमा मुछिएकाले ती पार्टीले कांग्रेसलाई सुशासन सिकाउन नमिल्ने बताए ।
उनले इलामबाट कांग्रेसका उमेदवारलाई जिताउन पनि आग्रह गरे । ूरुख चिह्नमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनुहोस्, इलाम–२ को विकासको जिम्मा म लिन्छु,ू उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-