काठमाडौं । सर्वोच्च अदालतको आदेश आएसँगै संघीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गतेदेखि निलम्बनमा थिए।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको आदेशअनुसार सांसद गुरुङको निलम्बन फुकुवा भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा गुरुङ दोषी ठहर भएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-