काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले आज काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
वनजन्य तथा खनिजजन्य उद्योग स्थापना गर्नुपर्ने भन्दै यसका लागि नीतिगत त्रुटि हटाउनुपर्ने उनले बताए । उनले जलविद्युत् र पर्यटन क्षेत्रले विकासबाट मुलुकमा महत्वपूर्ण टेवा मिल्ने भन्दै उक्त क्षेत्रमा सरकारले पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-