अमेरिका ।
निर्वाचन प्रक्रिया पुरा हुन केही दिन मात्र बाकी रहँदा एनआरएनए अमेरिकालाई निर्वाचन रोक्न क्षेत्रीय संयोजक गौरि जोशीले पत्र पठाएका छन् । अध्यक्ष डाक्टर केशव पौडेल र निर्वाचन आयुक्तलाई निर्वाचन रोक्न पठाएको पत्र जोशीले फेसबुक मार्फत सार्वजनिक गरेका छन् । तर एनआरएनए अमेरिका अध्यक्ष डाक्टर केशव पौडेलले दूरबिन नेपालसँग कुरा गर्दै भने “निर्वाचन रोक्ने अधिकार अव निर्वाचन आयोगलाई मात्र छ । कसैले चाहँदैमा निर्वाचन रोक्न मिल्दैन ।”
एनआरएनए अमेरिकाको निर्वाचन समिति भने यस बारे केही प्रतिक्रिया जनाएको छैन । निर्वाचन रोक्न अदालतमा परेको मुद्दाको विपक्षमा अमेरिकाको अदालतले हिजो मात्र निर्णय दिएको थियो । निर्वाचन प्रक्रियालाई स्वाभाविक रूपमा अगाडि बढाउन अदालतले निर्णय दिएको ३० घण्टा मै क्षत्रिय संयोजक गौरी जोशीले अदालतको आशयलाई लत्याउदै निर्वाचन रोक्न पत्र पठाएका हुन् । गौरि जोशीको यो कदमसँगै आइसीसी विवादको भुमरीमा तानिएको छ ।
क्षेत्रीय संयोजक जोशी यस पटक आइसीसीमा एउटा समूहबाट सचिवमा लड्ने चर्चा चलिरहेको छ । त्यसका लागि अमेरिकाबाट आफ्नो अनुकूलको कार्यसमिति ल्याउने र प्रतिनिधि लान जोशीले अध्यक्षका प्रत्यासीहरुको टिम मिलाउने र फुटाउने कसरत गरेको उम्मेदवारहरूले नै सार्वजनिक गरिसकेका छन् । उनको प्रयास असफल भएपछि उनी निर्वाचन रोक्ने पक्षमा पुगेको धेरैको बुझाइ छ ।
विधानत आरसीले एनसीसीसँग समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा हस्तक्षेपकारी भूमिकामा उभिएको कतिपय उम्मेदवारहरूको टिप्पणी छ । अमेरिकाको कानुन, अदालत र संस्थाको विधानले प्रस्ट गरेको क्षेत्रअधिकारलाई कसैको प्रतिसोध,सनक र लहडमा गरिएको निर्णयलाई आइसीसी नेतृत्वले सही ढङ्गले सम्बोधन गरेन भने गलत नजिर स्थापित हुनसक्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-