अमेरिका मे १८ ।
आज बिहान अर्थात् पूर्व निर्धारित समयमा नै निर्वाचन गर्न आइसीसीले एनआरएनए अमेरिका र निर्वाचन आयोगलाई निर्देशन दिएको छ । आज मध्ये रात पछि अध्यक्षका तीनै जान उम्मेदवार, छानबिन समितिका प्रतिनिधि, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल, आरसी गौरि जोशी, महासचिव बद्रि केसी र अध्यक्ष भवन भट्ट बिच भएको दुई घण्टा लामो बैठक पछि निर्वाचन नरोक्ने सहमति भएको हो ।
हिजो अर्थात् शुक्रवार राती अध्यक्षका तिनै जना प्रत्यासी राखेर सहमतिमा निर्वाचन गराउन आरसी गौरि जोशीले गरेको प्रयासमा सञ्जय थापा र सूर्य लम्सालले कडा रूपमा प्रस्तुतहूँदै निर्वाचन बहिष्कार गर्न सक्ने जनाएका थिए । त्यसपछि आइसीसी अध्यक्ष भवन भट्ट र महासचिव बद्रि केसीको उपस्थितिमा बैठक बस्यो । सबैले आफ्ना असन्तुष्टि र आक्रोश पोखेका थिए ।
महासचिव बद्री केसीले छानबिन समितिका प्रतिनिधि, आरसी जोशी, अध्यक्ष डाक्टर पौडेल, सुनिल साह, सञ्जय थापा र सूर्य लम्साल सबैको कुरा सुने पछि बिसौँ प्रश्न राखे । प्रतिवेदनले ठुलो त्रुटि नदेखाएको, अमेरिकाको अदालतले समेत निर्वाचन गर्न बाटो खुला गरिसकेको अवस्थामा निर्वाचन रोक्न वा सार्न प्रयास नगर्नुस् भन्दै सबैलाई निर्वाचनमा भाग लिन निर्देशन दिएका थिए अध्यक्ष भवन भट्ट र बद्रि केसीले । निर्वाचन प्रक्रिया समयमा गर्न तत्काल पत्र पठाउने महासचिव केसीले बैठकमा उनीहरूलाई जानकारी गराएको समाचार स्रोतको दाबी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-