जाङबु शेर्पा, दूरबिन नेपाल, जुन ४, अमेरिका
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत सोमबारको खेलमा पाकिस्तानले आयोजक इङ्ग्ल्याण्डमाथी अप्रत्यासित जित निकालेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको पाकिस्तानले चालु विश्वकपको प्रवल दावेदार मानिएको बेलायती टोलीमाथी १४ रनको रोमाञ्चक जित निकालेको हो । यो जितसंगै अब पाकिस्तानलाइ पनि उपाधिको दावेदार मान्न थालिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान पुरा ओभर खेल्दै आठ विकेटको क्षतिमा तीन सय ४८ रन बनायो । पाकिस्तानका लागि मोहम्मद हफिजले बिस्फोटक पारी खेल्दै ६२ बलको सामना गरी ८४ रन बनाए । त्यस्तै बाबर हजमले ६३ र विकेट किपर व्याट्सम्यान सर्फराज अहमदले ५५ रनको योगदान दिए । जवाफी व्याटिङमा उत्रेको इङ्ग्ल्याण्डका जोय रुट र जेसी बटलरले शतकीय पारी खेलेपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन । रुट र बटलरले क्रमश एक सय सात र एक सय तीन रन बनाएपनि अन्य खेलाडी जम्न नसक्दा इङ्ल्याण्ड पराजित हुन पुग्यो ।
किर्तीमानी खेल
पाकिस्तान र इङ्ग्ल्याण्डको खेल रोमाञ्चकमात्र बनेन सो खेलमा धेरै किर्तीमान पनि बने । सो खेलमा इङ्ग्ल्याण्डका जोए रुट जारी १२ औं विश्वककपमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन । रुटले ९७ बलमा शतक प्रहार गरे भने आफ्नो करिअरको १५ औं शतक बनाए । विश्वकप इतिहासमै एकै पारीमा दुइजना खेलाडीले शतक बनाएको पनि यो पहिलो पटक हो । तर बिडम्बना खेल ने जित्न सकेन । सो खेलमा पाकिस्तानी बलर वहाब रियाजको लागि पनि किर्तीमानी बन्यो । किनकी रियाजले सात सय ८७ दिनपछि एकदिवसीय खेलमा विकेट लिए । उनले सो खेलमा तीन विकेट लिए । त्यस्तै लगातार ६ खेलमा तीन सय भन्दा धेरै स्कोर बनाउने अष्ट्रेलियाको किर्तीमानसंग बराबरी गर्यो । त्यस्तै सोही खेलमा एकै खेलमा चार क्याच लिने किर्तीमान इङ्ग्ल्याण्डका क्रिस वोक्सले बनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-