न्युयोर्क, जुन ४ । अधिकार संस्थाकी कार्यक्रम तथा संगठन निर्देशक नर्वदा क्षेत्रीले टेम्पोररी प्रोटेक्टेड स्टाटस, टीपीएस सम्बन्धी विधेयक अमेरिकी तल्लो सदनबाट पारित हुनु ठुलो उपलब्धि भएको बताएकी छन । टीपीएस सम्बन्धी बिधेयक पारित भएलगत्तै दूरबिन नेपालसँग कुरा गर्दै क्षेत्रीले यो अर्को खुटकिलो मात्रै पार भएकोले कसरत अझै गर्नुपर्ने बताइन ।
टीपीएसको मुद्धामा सकारात्मक धारणा बनाउन तथा टीपीएस सम्बन्धी जानकारी दिन अधिकार नामक संस्थाले शुरुवात देखि नै प्रयास गरिरहेको र यसले सकारात्मक प्रतिफल दिइरहेकोले आशावादी हुनुपर्ने क्षेत्रीको भनाइ छ ।
टीपीएस हुनेहरुको पक्षमा अधिकार मात्र यस्तो संस्था हो जो विभिन्न राज्यहरुमा पुगेर नेपालीहरुको आवाजलाई उठाएको छ । नर्वदाले अब सिनेटबाट पनि सो विधयक पास गराउनका लागि अमेरिकाभरी नै टिपिएस बहाक सम्म पुग्ने गरि अभियान चलाउने बताइन । उनले याे अभियानलाई सहयाेग गर्न पनि आग्रह गरिन ।
त्यस्तै अधिकारकी क्याम्पेन र कम्युनिकेशन म्यानेजर प्रार्थना गुरुङले दूरबिन नेपालसंग कुरा गर्दै अमेरिकी तल्लो सदनमा डेमोक्रयाटहरुको बाहुल्यता रहेकोले टीपीएस बिधेयक पारित हुन सजिलो भएको बताइन । माथिल्लो सदनमा त रिपब्लिकनहरुको बहुमत छ अनि राष्ट्रपतिलेपनि साइन गर्नु पर्छ नि ? भन्ने दूरबिन नेपालको जिज्ञाशामा गुरुङले सबै रिपब्लिकनहरु टीपीएसको विपक्षमा नरहेकोले असम्भव नरहेको बताइन । साथै आगामी दिनमा विभिन्न राज्यमा पुगेर सिनेटरहरुसंग प्रत्यक्ष सम्बाद गरी टीपीएस सम्बन्धी हालको विधेयकको पक्षमा सकारात्मक बन्न आग्रह गरिनेपनि गुरुङले बताइन । अधिकारले टीपीएसको पक्षमा उठाउंदै आएको आवाजलाई अझै शशक्त बनाउने बताएको छ ।
नेपालमा सन २०१५ को अप्रिलमा भुकम्प गएपछि सन २०१५ जुन २४ देखि नेपालीलाई टीपीएस सुविधा दिदै आएकोे थियो । नेपालमा भुकम्पीय जोखिम भएकोले अमेरिकाले यो सूविधा दिदै आएको छ ।
तस्विरः फेसबुक
प्रतिक्रिया लेख्नुहोस्:-