न्यु योर्क ।
अरू चुरोट भन्दा केही कम हानिकारक मानिएको ई-सिगरेट अर्थात् भ्यापर सिगरेटको प्रयोगमा समेत न्यूयोर्कमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । सोमबार न्यु योर्कका गभर्नर एन्ड्र्यू कुमोले भ्वापिंग सिगरेटको बढ्दो प्रयोग राष्ट्रिय स्वास्थ्य समस्याका रूपमा देखिएकाले ई-सिगरेटमा प्रतिबन्ध लगाउन चाहेको खुलासा गरे ।
न्यु योर्क स्वास्थ्य विभागले पनि वाफिंग पदार्थ उत्पादन गर्ने कम्पनीहरूको बारेमा अनुसन्धान सुरु गरिरहेको जनाइएको छ । ई-सिगरेट बेच्ने पसलहरूलाई मानिसहरूलाई यो ज्यानकै कै लागि जोखिम पूर्ण प्रयास हो भनेर बताउनू र चेतावनी सन्देश पनि दिन पर्छ भन्ने मान्यता न्यु योर्क स्वास्थ्य विभागको छ ।
कुमोले सोमवार पत्रकार सम्मेलनमा भने “यो एक डरलाग्दो सार्वजनिक स्वास्थ्य समस्या हो”
उनले थपे “सामान्य ज्ञानको कुरा हो, यदि तपाईँले धूम्रपान गरिरहनु भएको छ भनेर जान्नुहुन्न भने, यसलाई धूम्रपानको आदतको रूपमा प्रयोग नगर्नुहोस्, र अहिल्यै हामीलाई थाहा छैन यसले भोलि कस्तो आदत विकास गर्छ ।”
न्यु योर्क स्वास्थ्य विभागले वाफिंग सम्बन्धी सबै उत्पादनहरूमा प्रतिबन्ध लगाउन सक्छ, तर राज्यले सङ्घीय सरकारले अनुमोदन गरेकोमा प्रतिबन्ध लगाउन सक्दैन।
“हामीलाई थाहा छैन यी पदार्थहरूले कति धेरै मानिसको स्वास्थ्यमा गम्भीर असर छोडेको छ साथै भयावह स्वास्थ्य समस्याको सूचकको रूपमा आएको छ ।” कुमोले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-