अमेरिका, सेप्टेम्वर १० । सन् २०२२ मा कतारमा हुने विश्व कप फुटवल अन्तर्गत एशियाली छनौटको दोस्रो चरणको प्रतिस्पर्धी मा नेपालले मंगलवार चाईनिज ताइपेईलाई दुई शुन्यले हराएको छ । अघिल्लो खेलमा सात शु्न्यले हार बेहोरे पछि आलोचित टिमले आज सन्तुलित प्रदर्शन गर्यो ।
ताईपेईलाई उसैको घरमा २-० ले हराउने क्रममा दुबै गोल अन्जन विष्टले गरे । तेस्रो मिनेटमा नै गोलको खाता खोलेका विष्टले ६३ औ मिनेटमा अर्को गोल थपे ।
स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको थियो ।
नेपाललाई जित दिलाउन अन्जन विष्टले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । ६३ औ मिनेटमा उनले अर्को गोल सम्भव पारे ।
ताईपेई सँगको जित पछि नेपालले तीन अंक जोडेको छ । ताइपेई समूह चरणको पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको थियो।
नेपाल प्रतियोगिताको समूह बी मा छ। नेपाल रहेको समूहमा समान १–१ खेल खेलका कुवेत र जोर्डनको ३ अंक छ। नेपालले पनि २ खेलमा १ जित निकाल्दै ३ अंक बनाएको छ। चाइनिज ताइपेइ भने लगातार २ हार ब्यहोर्दै अंकबिहीन छ।
प्रतिक्रिया लेख्नुहोस्:-