Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड

चैत्र २८, २०७४ ११:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

बैतडी, २८ चैत / गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।

निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट लिग चरणको खेलमा बोहराले केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा व्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् ।

निंगलाशैनी खेल मैदानमा उनले ५५ बलमा १४३ रन बनाए । यसक्रममा बोहराले सात छक्का र २१ चौका प्रहार गरे । उनले ४२ बलमै शतक बनाएका थिए ।

बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टका अनुसार यसअघि बिडिसिए कपको एउटै इनिङमा सर्वाधिक रन बनाउनेको सूचीमा कैलपाल क्रिकेट क्लबका जनक चन्दको नाम सामेल थियो । चन्दले १०९ रन बनाएका थिए ।

नयाँ रेकर्ड बनाएका बोहराले गत असारमा काठमाडौँमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम यू–१६ को टिमबाट खेलिसकेका छन् । उनी गत वर्ष नै काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पनि काठमाडौँ किंग्स इलेभनका लागि छनोटका क्रममा तेस्रो राउण्डसम्म पुगेका थिए ।

बोहरा विगत दुई वर्षदेखि काठमाडौँस्थित हिमालयन क्रिकेट एकेडेमीमा आबद्ध छन् । उनले भारतको मुम्बईस्थित एडभान्स क्रिकेड एकेडेमीबाट तीन वर्षसम्म प्रशिक्षणसमेत लिएका थिए । दशरथचन्द नगरपालिका–२ देहिमाडौँका १५ वर्षीय बोहरा दाँया हाते ब्याट्सम्यान हुन् ।

केदारशक्ति क्रिकेट क्लबबिरुद्धको खेलमा बोहराको १४३ रनको व्यक्तिगत स्कोरसहित निंगलाशैनीले चार विकेटको क्षतिमा २० ओभरमा ३०३ रन बनाएको थियो । “बिडिसिए इतिहासमै कुनै एउटा टिमले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो,” संघका कोषाध्यक्ष भट्टले भन्नुभयो ।

उक्त खेलमा निंगलाशैनीका प्रकाश नाथले ६० तथा लक्ष्मण बोहराले ५१ रन बनाए । तीन सय ४ रनको विजयी लक्ष्य पछ्याएको केदारशक्तिले १० दशमलब १ ओभरमा मात्र ५१ रन बनायो । निंगलाशैनी बिडिसिए कपमा २५६ रनको फराकिलो अन्तरले जित्ने टोली बनेको छ ।

क्रिकेटमा नयाँ प्रतिभाको खोजी गर्न बैतडी जिल्ला क्रिकेट संघले हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दैआएको छ । जिल्लाबाट हालसम्म थुप्रै पुरुष र महिला क्रिकेट खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

क्रिकेट गतिविधि भइरहेका भए पनि खेलमैदान नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको छ । जिल्लामा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द रंगशाला तीन वर्षदेखि अलपत्र अवस्थामा छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result