Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय महिला भलिबल ः न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी

बैशाख २३, २०७५ ४:१८ मा प्रकाशित
राष्ट्रिय महिला भलिबल ः न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी
Share on FacebookShare on Twitter

काठमाडौँ, २३ वैशाख / राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा न्यू डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघ विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो । न्यू डायमन्डले आर्मीलाई २५–१९, १९–२५, २५–१८, २२–२५ र १५–१० ले अंकले हराएको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको अर्को खेलमा पश्चिमाञ्चलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सोझो सेटमा हरायो । एकपक्षीय खेलमा पश्चिमाञ्चलले २५–१३, २५–२० र २५–२० अंकको जित निकाल्यो ।

पश्चिमाञ्चलले समूह ‘ए’ र न्यू डायमन्डले समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका छन् । यसअघि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजेताका हैसियतमा सेमिफाइनलमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यू डायमन्ड एकेडेमी तथा समूह ‘बी’को विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ को उपविजेता पश्चिमाञ्चल भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

यही वैशाख २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ६ टोलीको सहभागिता छ । लिगकम नटआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु एक लाख पाउनेछन् भने तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार पाउनेछन् । सेमिफाइनल खेल सोमबार हुनेछ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result