Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग

साउन १९, २०७५ १:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ साउन/ अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ ।

पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो ।

गत वैशाख २२ गते एन्फा निर्वाचनबाट कर्माछिरिङ शेर्पा प्यानल नै विजयी भएपछि उक्त समूहले राष्ट्रिय लिग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप एन्फाले लिग सञ्चालनका लागि पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक शर्माको संयोजकत्वमा समिति गठन ग¥यो । समितिले क्लबसँग विभिन्न चरणमा गरेको छलफलपछि लिग शुरु हुने मितिसमेत तय गरेको हो ।

‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउने लिग ‘रेलिगेसन’ बिनाको हुनेछ । असोज १३ देखि माघ १६ सम्म हुने लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी, थ्रीस्टार, जावलाखेल, फ्रेन्ड्स, संकटा, मछिन्द्र, सरस्वती, च्यासल, एनआरटी, ब्रिगेड ब्वाइज, हिमालयन शेर्पा, विभागीय टोली त्रिभुवन आर्मी, पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । खेलाडी दर्ता आगामी १५ भदौबाट शुरु हुनेछ ।

‘रेलिगेसनबिना’को लिग

एन्फा अध्यक्ष शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फूटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताउनुभयो ।

चार वर्षदेखि ‘मोफसल’का खेलले नेपाली फूटबल धानेको बताउँदै उहाँले समय अभाव र क्लब मानसिकरूपमा तयार नभएका कारण यसपाली यस्तो निर्णय लिन बाध्य भएको दाबी गर्नुभयो ।

“नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फूटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेका हौँ”, उहाँको भनाइ छ ।

संयोजक शर्माले रेलिगेशन नहुँदैमा योे वर्ष केही फरक नपर्ने बताउँदै अर्को वर्षदेखि नियमित ‘रेलिगेसन’सहितको लिग गर्ने बताउनुभयो ।

“हामीले तीन वर्षको योजना बनाएको छौँ, यस वर्ष फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेसन’ लिग गर्न लागेका हौँ, फूटबलको आत्मा मर्न दिने छैन”, उहाँले भन्नुभयो ।

एसियाली फूटलब संघ (एफसी) र विश्व फूटबलको सर्वोच्च निकाय (फिफा)ले पनि नेपालमा फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेन’ लिग गर्न अनुमति दिएको छ ।

रेलिगेसन नुहँदा ‘म्याच फिक्सिङ’को सम्भावना हुने भन्दै उहाँले भन्नुभयो, “त्यसलाई रोक्न शक्तिशाली ‘टास्कफोर्स’ बनाएका छौँ, कहिँकतै कोही ‘फिक्सिङ’मा सहभागी भए कडा कारबाही गर्छौं ।”

अहिलेको स्थितिमा ‘रेलिगेसन’सहितको लिग गर्दा पूर्वाधार, खेलाडी र क्लबको आर्थिक स्थिति कमजोर भएको अवस्थामा धेरै क्लबले सहभागिता नजनाउने स्थिति आएकाले ननरेलिगेसन लिग गर्न लागेको उहाँको भनाइ छ ।

“एन्फाले नेपाली फूटबलको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर यो निर्णय लिइएको हुनसक्छ, अब रेलिगेसन नभए पनि यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न विभिन्न प्रावधान राखी लिगको मर्यादा कायम गरेर आकर्षक बनाउन सकिन्छ, यो एन्फाको मात्रै जिम्मेवारी होइन, सबै क्लबको पनि हो”, एन्फाका पूर्वसदस्य रमेशराज रायमाझीले भन्नुभयो ।

पछिल्लोपटक विसं २०७० मा आयोजित ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो ।

यसैबीच एन्फाले साउन १ बाट लिग आयोजनाका लागि सञ्जीव मिश्रलाई लिग निर्देशकमा नियुक्त गरेको छ। कुमार चौलागाई /रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result