Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपाली विद्यार्थी सन्जितको अन्त्येष्टि

भदौ २९, २०७५ १०:४१ मा प्रकाशित
अमेरिकामा नेपाली विद्यार्थी सन्जितको अन्त्येष्टि
Share on FacebookShare on Twitter

शिव नेपाल
सानफ्रानसिस्को १४ सेक्टेम्वर
सानफ्रानसिस्को बे एरियाका दाहसंस्कार गृहमा समय नपाए पछि अमेरिकामा आत्महत्या गरेका नेपाली विद्यार्थी सन्जित भट्टको अन्तिम संस्कार नापा भ्यालीमा लगेर गरिएको छ । दाहसंस्कारको सबै प्रबन्ध मिलाई रहेका नारायण पोखरेलका अनुसार एल सोव्रान्तेमा समय नपाएपछि शोक सभा मात्र गरियो । पोखरेलले दूरबिन नेपालसँग कुरा गर्दै भने “शुक्रवार बे एरियाका दाहसंस्कार गृहमा समय नपाएपछि नापा भ्यालीमा लगेर दाहसंस्कार ग¥यौ ।”  पूर्व निर्धारित दाहसंस्कार स्थल एल सोव्रान्ते पुगेका राजेन्द्र जोशीका अनुसार शोक सभामा ३ सय भन्दा बढी नेपाली उपस्थित थिए । मृतक युवा सन्जितका बुबा कृष्ण भट्टले छोराको मृत्युलाई ‘दैवको लीला र छोराको अन्तिम दिन यती नै’ भएको बताउँदा शोक सभामा उपस्थित सबैका आँखा रसाएका थिए । भावविहोल हुँदै भट्टले छोराको दाहसंस्कारमा उपस्थित सबैलाई धन्यवाद दिए । जन्मदाता बुबा–आमाले आँखा अगाडि जवान छोराको शव राखेर सहयोगी आफन्त र नेपाली समुदाय प्रति आभार प्रकट गर्न सक्नु धर्यताको नमुना हो । जीवनको अन्तिम दिन छोरा सन्जितले पनि बुबा आमालाई धन्यवाद दिएर आत्महत्या गर्न हिँडेका थिए ।


सानफ्रानसिस्को बे एरियामा लामो समय देखि बसोबास गर्दै आएका नेपाली युवा सन्जित भट्टले मङ्गलवार राती समुन्द्रको पुलबाट हामफालेर आत्महत्या गरेका हुन् । भट्टको शव प्रहरीले बुधवार बिहान दुई बजे समुन्द्र तटमा फेला पारेको थियो । उनको शवको बुधवार पोस्टमार्टम गरेपछि अन्तिम संस्कारका लागि प्रहरीले परिवारलाई जिम्मा लगाएको थियो ।


परिवार स्रोतका अनुसार भट्टले मङ्गलवार राती साढे आठ बजे घरमा आमाले बनाएको खाना खाएका थिए । मिठो खाना बनाएकोमा आमालाई धन्यवाद दिए । उनले आमालाई काममा हिँडेको बताउँदै गाडी लिएर निस्किएका थिए । उनी उवर चालक र विद्यार्थी पनि हुन । २४ वर्षीय भट्ट घरबाट निस्किएको केही समय पछि उनका रुम पार्टनर घरमा आएपछि आत्महत्या गर्न हिँडेको परिवारलाई थाहा भयो । रुममा भट्टले लेखेको सुसाइड नोट उनका सहपाटिले भेट्नसाथ परिवारका सदस्यलाई दिए । “जीवन देखि दिक्क भएको र गोल्डेनगेट व्रिजवाट प्रशान्त महासागरमा हामफाल्न हिँडेको” सुसाइड नोटमा लेखिएको छ । परिवारका सदस्यहरूले तत्कालै उनलाई फोनमा सम्पर्क गर्न प्रयास गरे । फोन उठेन । त्यस पछि प्रहरीलाई जानकारी गराइयो । प्रहरीले राती दुई बजे उनको शव सानराफेलको पुल नजिक भेटिएको परिवारलाई जानकारी दियो । उनले गोल्डेनगेट ब्रिजवाट हामफाल्ने सुसाइड नोटमा लेखेको भएपनि घर नजिकैको सानराफेलको पुलबाट हामफालेका थिए । उनका बाबु कृष्ण भट्टले आफूलाई सम्हाल्दै भने “यो दुर्भाग्यको कारण अरू कोही होइन निष्ठुरी दैव हो ।”
क्यालिफोर्निया सान पाब्लो बस्दै आएका नवलपरासी परासी बजारका कृष्ण भट्टका उनी कान्छा छोरा हुन् । उनका दुई दाइ र एक जना दिदी छन् । कन्ट्राकोष्टा काउन्टिको सामुदायिक कलेजबाट अध्ययन पुरा गरी थप अध्ययनका लागि सानफ्रानसिस्को स्टेट युनिभर्सिटीमा भर्ना गर्ने तयारी समेत गरिरहेका थिए ।
तस्बिर: सागर श्रेष्ठ

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result