Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डाक्टर बाबुराम भट्टराई विरुद्ध अमेरिकामा मुद्धा हाल्ने तयारी

अशोज ४, २०७५ ६:५२ मा प्रकाशित
डाक्टर बाबुराम भट्टराई विरुद्ध अमेरिकामा मुद्धा हाल्ने तयारी
Share on FacebookShare on Twitter

अमेरिका १९ सेप्टेम्बर/
अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई विरुद्ध ‘युद्ध अपराध र मानवता विरुद्धको अपराध’मा अमेरिकामा मुद्दा दायर गर्ने तयारी भइरहेको छ । माओवादीले निर्मम ढङ्गले हत्या गरेका २४ परिवारका सदस्यहरू बाबुराम भट्टराई अमेरिका भ्रमणमा रहेको समयमा मुद्दा दायर गर्न आपसी छलफलमा जुटेका छन् । छलफलमा इन्टरनेशनल क्रिमिनल कोर्टमा मुद्दा दायरा गर्न चाहिने आवश्यक प्रमाण र कागजपत्रका विषयमा उनीहरूले कानुन व्यवसायीको परामर्श समेत लिएका छन् ।
माओवादीका कारण बुबा गुमाएका हरि भट्टले दूरबिन नेपालसँग कुरा गर्दै भने “न्यायको ढोका ढकढक्याउन जाने विषयमा छलफल भयो । यस विषयमा वकिलसँग पनि परामर्श गरिरहेका छौँ ।” अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेका २४ परिवार मध्ये ८ परिवार भट्टराईको गृह जिल्ला गोर्खाका रहेका छन् । माओवादीका कारण परिवारका सदस्य गुमाएकाले मुद्दा दायर गर्दा बढी प्रभावकारी हुने र तत्काल दोषीलाई नियन्त्रणमा लिन अदालतले आदेश दिन सक्ने वकिलहरूको भनाइ छ । पत्रकार डेकेन्द्र थापा लगायत माओवादीले हत्या गरेका पीडित परिवारको आवाज दबाउन प्र्चण्ड र बाबुरामले हत्याको जिम्मा लिँदै ‘सक्ने भए थुनेर देखाऊ’ भनेर दिएका अभिव्यक्तिहरू अव अन्तर्राष्ट्रिय अदालतमा पेस हुनेछन् । कुनै पनि युद्धका समयमा निसस्त्र मानिसहरूलाई हत्या गर्नु जघन्य अपराध ठहर गर्दै अन्तर्राष्ट्रिय अदालतले त्यसमा संलग्न वा निर्देशन दिनेलाई कारबाहीको दायरामा ल्याउने गरेको छ ।
यस अघि माओवादी पीडितहरूले भट्टराईलाई विरोध स्वरूप अमेरिकाको टेक्ससमा कालो झन्डा देखाएका थिए । भट्टराईको आगामी भ्रमण सूचिमा रहेका क्यालिफोर्निया लगायतका राज्यमा पनि माओवादी पीडितहरूले कालो झन्डा देखाउने सार्वजनिक अभिव्यक्ति दिइसकेकाछन् ।
तस्बिर:अनलाइन

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result