Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डा. चण्डि भण्डारीको अध्यक्षतामा एनएचयूमा नयाँ कार्यसमिति

अशोज १४, २०७५ २:१२ मा प्रकाशित
डा. चण्डि भण्डारीको अध्यक्षतामा एनएचयूमा नयाँ कार्यसमिति
Share on FacebookShare on Twitter

ह्युस्टन, सेप्टेम्वर २९/ प्रवासमा नेपाली संस्थाहरुको गठन नेपाली समुदायको हित प्रबर्द्धन गर्न भनेरै हुने गर्दछ। अमेरिकाका कतिपय शहरमा त्यस्ता संस्थाहरु गठन भएसंगै राजनीतिक आस्था र फरक बिचारमा समायोजन नहुने बित्तिकै र केहीलाई अध्यक्ष हुन मन लाग्नासाथ नयाँ संस्था बनाईहाल्ने सामाजिक रोग नै लागेको दृष्टान्त धेरै छन्। थुप्रै नेपाली संस्थाहरुको भिडमा एक बर्ष अघि मात्र गठन भएको नेप्लिज हेरिटेज यूनियन (एनएचयू)को स्थापना भने अलि फरक माहौलमा भएको थियो। 

ह्युस्टनमा बस्ने नेपालीहरुमा भएको युवा चेत र जाँगरले नेपाली भाषा, संस्कृति र चाड्पर्वको सम्वर्द्धन गर्न र नेपाली समुदायलाई एकतामा बाँध्न र सकेसम्म आपसी सहयोग र सद्भाव बाँड्ने उद्देश्यले गठित एनएचयूले गएको एकबर्ष भरि गरेको कामको विवरण सुनेपछि भने ह्युस्टनका युवा चेत भएकाहरुको संस्थाले भने अनुरुप कै काम गर्ने अधिकतम प्रयास गरेको देखियो। 

आज ह्युस्टनस्थित आशियाना रेष्टुरेण्टमा एनएचयूले अधिवेशन र साधारण सभा गरेर डा. चण्डि भण्डारीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। निवर्तमान अध्यक्ष विदुर दवाडीले नै नयाँ नेतृत्वका लागि डा. भण्डारीलाई प्रस्ताव गरेका थिए। प्रजातान्त्रिक तरिकाबाट नै सकेसम्म धेरै संस्थापक र नयाँ सदस्यहरुको सहभागितामा नेतृत्व हस्तान्तरण गर्ने एनएचयूको अभ्यासको कार्यक्रममा उपस्थित नेप्लिज एशोसियसन अफ ह्युस्टन, क्रियटिभ नेप्लिज सोसाइटी तथा अन्तराष्ट्रिय साहित्य समाज ह्युस्टन च्याप्टरका प्रतिनिधि र पत्रकारहरुले समेत प्रशंसा गरेको सुनियो।  

अधिवेशनबाट महासचिवमा डिसज न्यौपाने र कोषाध्यक्षमा दिपेन्द्र गौतम सर्वसम्मत निर्वाचित भए। नव निर्वाचित अध्यक्ष सहित पहिलेको कार्यसमितिका पदाधिकारीहरुको सल्लाहमा चारजना उपाध्यक्ष, तीनजना सचिव, एक सहायक कोषाध्यक्ष र सातजना कार्यसमिति सदस्य पनि अधिवेशनस्थल मै मनोनीत भएका थिए।लक्ष्मण भण्डारी, तुलसीराम बस्याल र दामोदर भण्डारी रहेको निर्वाचन समितिले नवगठित कार्यसमितिको घोषणा गरेको थियो। कार्यसमितिका चार उपाध्यक्षमा बाबुराम बस्याल, जनार्दन कंडेल, तुलसीराम अर्याल र नवीन गौतम मनोनीत भए भने तीनजना सचिवमा कर्ण बोगटी, पर्शुराम शर्मा र चिन्तामणि तिमल्सिना मनोनीत भए। यसैगरी सहायक कोषाध्यक्षमा नवराज घिमिरे र सातजना सदस्यहरुमा  जगतबन्धु भण्डारी, रमा भट्टराई, हिमाल पंगेनी, विष्णु ढकाल, झंकर कुँवर, प्रेम पौडेल र रोशन क्षेत्री मनोनीत भएका छन्। 

यस अघि निवर्तमान कार्यसमितिका महासचिव डिसज न्यौपानले एनएचयूले गठन यता एकबर्षमा गरेका सबै सामाजिक, सांस्कृतिक एवं धार्मिक क्रियाकलापहरुको संक्षिप्त प्रतिवेदन पेश गरे भने कोषाध्यक्ष दिपेन्द्र गौतमले संस्थाको आम्दानी-खर्चको विवरण सार्वजनिक गरेका थिए। आर्थिक पारदर्शितामा जोड् दिएका गौतमले संस्थाको सबै हिसाब-किताब जो-कसैले हेर्न, सोध-खोज गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी गराए। 

एनएचयूले आजैमात्र आफ्नो वेबसाइट (www.nhutexas.org) सार्वजनिक गरेको छ र संस्थापक सबै गतिविधि वेबसाइटमा राखिने जानकारी कोषाध्यक्ष गौतमले जानकारी गराए। कार्यक्रममा उपस्थित बयोबृद्ध सदस्य उदयराज भण्डारीले एनएचयूको वेबसाइटलाई सार्वजनिक गरेका थिए। 

निर्वाचित भए लगत्तै नव निर्वाचित अध्यक्ष चण्डि भण्डारीले ‘कनेक्टिंग नेप्लिज टुगेदर’ भन्ने भावनाका साथ युवाहरुको सीप, ज्ञान र क्षमतालाई अधिकतम नेपाली समुदायको हितमा लगाउन आफ्नो कार्यसमितिले काम गर्ने बताए। यसैगरी एनएचयूलाई नेपाली समुदायका सबै क्षेत्र, वर्ग र पेशाका व्यक्तिहरबीच सम्पर्क सेतुको रुपमा काम गर्न केन्द्रित गराउने र यसको नाम अनुसार नै नेपाली भाषा, संस्कृति र चाडवाडको जगेर्ना गर्न पनि त्यत्तिकै लाग्ने बताए। ह्युस्टनमा रहेका सबै संस्थाहरुबीच सहकार्यमा जोड् दिने र नेपाली समुदायलाई पाएकपर्ने स्थानमा सामुदायिक हलको व्ववस्थापन, तीजको साँस्कृतिक महत्व कायम राख्न तीज गीत प्रतियोगिता, नेपालबाट आउनुभएका आमा-बुवाहरुलाई लक्षित कार्यक्रम, नेपाली भाषा पाठशाला, आधारभूत र मध्यमस्तरका अंग्रेजी भाषा कक्षा, अमेरिकी नागरिकता लिन चाहनेहरुका लागि सहयोगात्मक शिक्षा, भर्खर नेपालबाट आएकाहरुका लागि यातायात, कामको  खोजी तथा अपार्टमेंट व्यवस्थापन जस्ता विषयमा सहयोगका कामलाई अझै व्यवस्थित गर्दै लगिने योजना  पनि नव निर्वाचित अध्यक्ष भण्डारीले सुनाए। नेपालीहरुलाई उन्नत र व्यवसायिक स्तरका कामहरुमा पहुँच बिस्तारमा आवश्यक समन्वय र सहयोग प्रदान गर्ने र विद्यार्थीहरुका लागि अनुभवी र स्थापित प्रोफेशनलहरुबाट उत्प्रेणात्मक कार्यक्रमहरु संचालन गर्ने लक्ष्य पनि एनएचयूले लिएको डा. भण्डारीले बताए। 

निवर्तमान अध्यक्ष विदुर दवाडीले ठूलो संख्याको कार्यसमिति, निर्देशक समितिहरु बनाए पनि एनएचयूले समुदायको हितको लागि तत्परताका साथ काम गर्ने बताए। बिचार र क्षमतामा युवा सोच र कार्यान्वयनमा पाका र अनुभवी व्यक्तिहरुको संलग्नता एनएचयूको प्राथमिकता भएको बताएका दवाडीले नयाँ कार्यसमितिले पनि अन्य संघ-संस्थाहरुसंग मिलेर काम गर्ने जानकारी गराए। 

नियमित काम र परिवारलाई दिने समयबाट बचेको समयमा गरिने स्वयंसेवी प्रकृतिको प्रवासको समाजसेवा गर्न भनेर गठित नेपालीहरुका संघसंस्थामा हुने गरेको तँछाड्-मछाड् र अस्वस्थ प्रतिस्पर्धा एनएचयूको अधिवेशनमा देख्न पाइएन। समुदायलाई आपसमा जोड्ने लक्ष्य बोकेर हिंडेका ह्युस्टनका नेपाली समुदायका अगुवा र युवाहरुको सक्रियता लोकतन्त्रको कुरा मात्र गर्ने होइन व्यवहारमा पनि त्यस्तै गर्ने आन्तरिक अभ्यासमा लागिरहेको देखिन्छ। उनीहरुले समाजलाई दिने भनेर गरेका प्रतिबद्धता अनुरुपका काम गर्न समुदायले पनि खबरदारी सहित सहयोग गर्नु पर्ने आवश्यकता अधिवेशनमा उपस्थित बयोबृद्ध अतिथि उदयराज भण्डारीले दूरबिन नेपालसंग बताए। एउटा शहरमा नेपालीहरुको एउटै र बलियो संस्था बनाउने तर्फ युवाहरुले अगुवाई गर्नसके प्रवासमा नेपालीहरुको एकता बलियो हुने बिचार भण्डारीले सुनाए।

फोटो फिचर

P

तस्वीर: सुजन पण्डित, दूरबिन नेपाल, ह्युस्टन

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result