न्युयोर्क । अमेरिकामा रहेका तामाङ्ग समुदायको घर झगडा औपचारिक रुपमा छताछुल्ल भएको छ । “समुदायको हितका लागि” सस्था खोलेकाहरु अहिले आफु आफुमा एकले अर्कोलाई हिलो छापाछापमा प्रतिस्पर्धी भनेको देखिन्छ । न्यु योर्कमा खुम्चिएको तामाङ्ग समाज अमेरिकालाई उत्तर अमेरिका हुदै विश्व भर फैलाउने उद्घोष गरिएको थियो, तर त्यो अभियान एक बर्षमा नै थला पर्ने देखिएको छ ।
उत्तर अमेरिकामा रहेका तामाङ्गहरुको सम्मेलनको आथित्यता गरेको न्युयोर्क नै अहिले विवादको जड भनेको छ । तामाङ्ग सोसाइटी उत्तर अमेरिका अन्तर्गत न्युयोर्क च्याप्टर गठनमा समाजका केही व्यक्तिको स्वार्थ र इगोले पनि प्रवासमा रहेको समुदायलाइ दुइ कित्तामा उभाएको देखिन्छ ।
गत जुनमा न्युयोर्कमा सम्पन्न च्याप्टरको अधिवेशनमा अध्यक्षमा गोमा योञ्जन गुरुङ र सचिवमा दिपेन लामा बाहेक अन्य पदमा उमेदवारी नै परेन । बाँकी पदमा आपसी सल्लाहद्धारा सबैलाई समेट्दै कार्यसमितिलाई दुइ हप्तामा पूर्णता दिने अधिकार अध्यक्ष र सचिवलाई दिदै बन्दशत्र सकिएको थियो । बन्द शत्रले दिएको अधिकार दुरुपयोग गर्दै एक पक्षिय रुपमा कार्यसमिति गठन गरेको भन्दै असन्तुष्ट पक्षले सानुमाया तामाङको अध्यक्षतामा तामाङ्ग समाज अमेरिका गठन गर्याे। नव गठित सस्थाले अमेरिकी कानुन अनुसार दर्ता भइ पहिले अधिवेशन समेत सम्पन्न गरेको छ ।
सतहमा हेर्दा विवाद न्युयोर्क च्याप्टर गठनमा देखिए पनि त्यो मुख्य कारण होइन । अध्यक्ष बनेका गोमा योञ्जन र सानुमाया तामाङ परिस्थितीले शृजना गरेका पात्र मात्र हुन । मुख्यतय आदीवासी जनजाति महासंघ अमेरिकाको निर्वाचनको प्रभाव यता देखिएको हो । अर्को तर्फ महासंघका निर्वतमान अध्यक्ष लुइसाङ वाइवा र तामाङ्ग सोसाइटी नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा बीचको “इगो” अर्को कारण बन्यो । सबैलाई भन्दा पनि आफ्नालाई समेट्न खोज्दा दुइ सस्था जन्मन पुग्यो ।
वार्ता र जिम्मेवारी मुक्त्त सँग सँगै
तामाङ्ग सोसाइटी नर्थ अमेरिकाले विवाद समाधानका लागि भन्दै विद्यासागर योञ्जनको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरेको छ । साथै सल्लाहकार समितिका अध्यक्ष शान्तबाबु थोकर, सल्लाहकार भोजराज थोकर र विश्व तामाङ सम्मेलन समन्वय उपसमिति संयोजक भरतराज लामालाई जिम्मेवारीबाट मुक्त गरिएको भनिएको छ । उनीहरुलाई समान्तर समिति बनाएको र आधिकारिक संगठनलाई अपमान गरेकोले जिम्मेवारीबाट हटाइएको भनिएको छ ।
सोसाइटीको निर्णयमा अर्को पक्षले आपत्ति प्रकट गरेको छ । तामाङ्ग समाज अमेरिकाकी अध्यक्ष सानुमाया तामाङ्गले विज्ञप्ती मार्फत आफ्ना संरक्षकहरुको मानर्मदन नगर्न र आफुहरु निकै अगाडी बढीसकेकोले वार्ताको औचित्य नभएको पनि प्रष्ट पारेकी छिन ।
विज्ञप्तीमा भनिएको छ “ तामाङ्ग समाज अमेरिका र यस सस्था सँग आवद्ध व्यक्तिहरुको मान मर्दन गर्ने प्रकृतिको विज्ञप्ती प्रकाशित गर्ने र अर्कोतर्फ तथाकथित विवाद समाधान कमिटि गठन भएको भन्ने विरोधापूर्ण विज्ञप्ती मार्फत समाज र समुदायमा भ्रम फैलाउने समाचार केही अनलाइन मिडियामा प्रकाशन भएकाले यस तामाङ्ग समाज अमेकिाको गहिरो ध्यान आर्कषण भएको छ ।”
यस्तै शान्त थोकरले वार्ता समिति र जिम्मेवारी मुक्तलाई नौटंकीको संज्ञा दिएका छन् । “ एका तिर विवाद समाधानका लागि भन्दै समिति बनाउने भन्ने अर्को तर्फ हामीलाई पदमुक्त्त ग¥यौ भन्नु नौटंकी भयो, हामी आफैले त्यो सस्थामा छैनौ भनेर छोडि सके पछि कारवाहीको के अर्थ ।”
तामाङ्ग सोसाइटीका अध्यक्ष लक्यान लामा आफुहरुले कसैलाई कारवाही नगरेको बताउछन । यो कारवाही नभइ जिम्मेवारीबाट मुक्त्त गरिएको हो । “हामीले लुइसाङ वाइवा बाहेक अरुलाई कारवाही गरेका छैनौ, उहाँहरु तीन जनाले राजीनामा दिएको हामीले केही मिडिया मार्फत थापा पायौ, त्यस बारेमा प्रष्ट पार्न भन्दै पत्र पठाएका थियौ, त्यसको जवाफ आएन र पदमुक्त गरेका हौं ।”
अध्यक्ष लामाले तीन जनालाई पद मुक्त गरे पनि, सहकार्यका लागि वार्ता जारी राख्ने बताए । “मिलेर जाने भनेर नै हामीले अहिले सम्म कुरेका हौ, अझै पनि वार्ता समितिले काम गर्दै जान्छ सस्थाको गति पनि रोकिदैन ।”







प्रतिक्रिया लेख्नुहोस्:-