अमेरिका, अक्टोवर ३१/ अमेरिकाको दक्षिण सीमाबाट अमेरिका प्रवेश गर्नका लागि आइरहेका हजारौंको संख्यामा रहेका मानव लश्कर प्रति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प थप आक्रामक देखिएका छन्। केही मिनेट पहिले लगातार दुईवटा ट्वीटर सन्देश राखेका ट्रम्पले मानिसहरुको हजारौंको हुलमा कैयन अपराधिक गिरोहका खराब मान्छेहरु पनि आइरहेकाले उनीहरुलाई कुनै हालतमा पनि अमेरिका छिर्न नदिइने प्रतिबद्धता जनाएका छन्। उनले ट्वीटरमा लेखेका छन्-
“हाम्रो दक्षिणी सीमामा सेना परिचालन भैसकेको छ। अझै थप सेना परिचालित हुनेछन्। मानव लश्करसंगै मिसिएर अत्यन्त खराब अपराधीहरु समेत अमेरिका आउन खोजिरहेका छन्। हाम्रो देशको पवित्र सीमा तिमीहरुलाई कुनै हालतमा प्रवेश गर्न दिइने छैन। कानूनी तबरले आउन सक्छौ, नत्र फर्केर जाऊ।”
उनले अर्को ट्वीटमा अपराधिक गिरोह सहितको मानव लश्करले केही मेक्सिकन सेनाहरुलाई समेत घाइते बनाएर अगाडि बढिरहेका छन्। मेक्सिकोले त्यो मानव लश्करलाई उतै रोक्न नसकेको प्रति पनि ट्रम्पले असन्तोष प्रकट गरेका छन्।
तस्वीर गेटी इमेज/गुगल
यो पनि पढौं
http://3.217.119.40/archives/29197








प्रतिक्रिया लेख्नुहोस्:-