दूरबिन संवाददाता अमेरिका २० अप्रिल ।
उत्तर कोरियाका नेता किम जोंग उनको स्वास्थ्यमा गम्भिर समस्या आएपछि अस्पतालमा भर्ना गरेर बचाउन प्रयास भइरहेको सीएनएन लगायतका केही सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरिया र अमेरिकी गुप्तचर संस्थाको हबला दिदैँ सञ्चारमाध्यमहरूले किमको शल्यक्रिया भइसकेको जनाएका छन् । तथापि किमको स्वास्थ्य अवस्था अझै गम्भिर खतरामा रहेको बताइएको छ ।
नेता किम जोंग उनको शल्यक्रिया पछि स्वास्थ्य अवस्था थप गम्भीर भएको हो । यही कारण अप्रिल १५ मा सधैँ झै मनाउने गरेको हजुरबुवाको जन्मोत्सवमा उनी सहभागी हुनसकेनन् । त्यस भन्दा ४ दिन अगाडि किम सरकारी बैठकमा भने सहभागि भएका थिए ।
चरम गरिविमा रहको देश उत्तर कोरियाका किम महत्वकांक्षी र सनकी नेताको रुपमा चिनिन्छन् । देशका बहुसंख्यक नागरिक एक छाक खान संघर्ष गरिरहेका बेला किम भने विलासी जीवनशैली, हातहतियार र सेनामा देशको ठुलो बजेट खर्च गरिरहेका छन् ।
स्रोत : सीएनएन
तस्विर : टेलिग्राफबाट
प्रतिक्रिया लेख्नुहोस्:-