समाचार टिपप्णी
अमेरिका अप्रिल २१
मुटुको शल्यक्रिया पछि पनि उत्तर कोरियाका नेता किम जोंग उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएको र स्थिर रहेको केही विवादास्पद खबरहरू विश्वभरका सन्चार माध्यमहरूले प्रकाशन र प्रसारण गरिरहेका छन् । विश्व समुदाय र सन्जालबाट अलग रहेको उत्तर कोरियामा नेता किमको उपचारमा संलग्न र उनलाई नजिकबाट सहयोग गरिरहेका व्यक्तिहरूसँग कसैको पनि सिधा पहुँच छैन । अमेरिका र दक्षिण कोरियाका गुप्तचर निकायले प्राप्त गरेका सूचनाहरूलाई आधार बनाएर समाचारहरू प्रकाशित भएका हुन् ।
तानाशाहहरू ढल्दा वा मर्दा प्राय देशहरूमा अस्थिरता र मानवीय सङ्कट आउने गर्छ । यस्तो अवस्था आइपरेमा चरम गरिबिमा पिल्सिएका उत्तर कोरियाका नागरिकलाई तात्कालिक र दीर्घकालीन सहयोग कसरी गर्ने भनेर अमेरिकाले योजना बनाइरहेको समाचार पनि आज फक्स न्युजमा छ । फक्स न्युजको समाचारलाई आधार मान्दा उत्तर कोरिया र अमेरिकाले एक अर्कालाई दुश्मनको रुपमा लिने गरेपनि बिपतमा अमेरिका उत्तर कोरियाको सहयोगी शक्तिको रुपमा उभिएर तिक्ततालाई मिटाउने अवसरको खोजीमा रहेको देखिन्छ ।’अमेरिका नै उत्तर कोरियाको प्रमुख दुश्मन हो । देश कब्जा गरेर सवै नागरिकलाई मार्न चाहन्छ’ भनि उत्तर कोरियाली शासकले बाढेको त्रास र भ्रमलाई अमेरिका त्यस्तो होइन भनि कोरियन जनताको विश्वास जित्न चाहन्छ ।
उत्तर कोरियाली नेताको स्वास्थ्यको बारेमा विवादास्पद रिपोर्टहरू आइरहेका कारण अमेरिकाले योजनाहरूको बारेमा छलफल गरेको अपुष्ट स्रोतहरूको हबला दिदैँ थुप्रै सन्चार माध्यमा समाचार आएको छ । अहिले किमको स्वास्थ्यलाभको कामना गर्दै सुधार हुन नसकेमा गर्ने योजनाका विषयमा पनि अमेरिकी निकायमा छलफल हुनुलाई अस्वभाविक भन्न मिल्दैन ।
उत्तर कोरियाले विश्व समुदायसँग कुनै पनि नागरिकलाई जोडिन दिएको छैन । रेडियो टी भी , फोन, इन्टरनेट लगायतका सन्चार माध्यमको सुविधाबाट बञ्चित गरिएको छ । केन्द्रिकृत राज्यसत्ताका कारण स्वतन्त्रता पूर्वक खेतीपाती, उद्योग व्यवसाय र पेशा अवलम्बन गर्ने अधिकार नागरिकसँग छैन । अधिकांश उत्तर कोरियाका नागरिक भोकमरीको चपेटामा छन् ।
जसका कारण सयौ उत्तर कोरियाका नागरिक सिमा क्षेत्रमा तैनाथ सेना र सुरक्षाबलको आँखा छलेर ज्यान जोखिममा हाल्दै दक्षिण कोरिया र चिन तर्फ भाग्ने गरेका छन् । देश छोडेर भाग्नेहरुलाई भेटेको खण्डमा उत्तरकोरियाको सुरक्षा बलले देश द्रोहीको अभियोग लगाउदै तत्काल मृत्युदण्ड दिने गरेको छ ।
राष्ट्रियताको नारा दिएर टिकेको नेतृत्व केही हुनासाथ उत्तर कोरिया भित्र ठूलो मानवीय सङ्कटको सम्भावनाको आकलन अधिकारीहरूले गरिरहेका छन् । जसमा भोकमरीको सामना गरिरहेका लाखौं मानिसहर तुलनात्मक रुपमा खुकुलो रहेको चीन तर्फको बोडर पार गरेर शरणार्थीको रुपमा चीन छिर्न सक्ने अनुमान गरिएको छ । धेरैजसो उत्तर कोरियालीहरू भागरे दक्षिण कोरिया जान इच्छुक भएपनि दूई देशको बोडरमा विभिन्न तहमा राखिएका सुरक्षाकर्र्मीका कारण ज्यानको जोखिम मोल्नु पर्ने हुन्छ ।
उत्तर कोरिया र नेता किमको विषयमा विश्वमा कुनै पनि समाचार र टिकाटिप्णी हुनासाथ आक्रमक रुपमा प्रस्तुत हुने उत्तर कोरियाको सरकारी सन्चार माध्यमले यस खासै प्रतिक्रिया जनाएको छैन । उत्तर कोरियाका सरकारी अधिकारीहरूले बाहिर आएका समाचार अफबाह मात्र भएको बताएका छन् । तर उत्तरकोरियाको सरकारी सन्चारमाध्यमहरु रोडोंग सिनमुन, जोसोन इमिंगउन, मंजु चोसोउन लगायतले किमको स्वास्थ्यको बारेमा केही पनि समाचार छापेका छैनन् । यसलाई अर्थपुर्ण रुपमा लिइएको छ ।
तस्विर: एनवाईटाइम्सबाट
प्रतिक्रिया लेख्नुहोस्:-