Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

किमको बिग्रदो स्वास्थ्य र अमेरिकाको तयारी 

बैशाख ९, २०७७ ९:३६ मा प्रकाशित
Share on FacebookShare on Twitter

समाचार टिपप्णी

अमेरिका अप्रिल २१
मुटुको शल्यक्रिया पछि पनि उत्तर कोरियाका नेता किम जोंग उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएको र स्थिर रहेको केही विवादास्पद खबरहरू विश्वभरका सन्चार माध्यमहरूले प्रकाशन र प्रसारण गरिरहेका छन् । विश्व समुदाय र सन्जालबाट अलग रहेको उत्तर कोरियामा नेता किमको उपचारमा संलग्न र उ
नलाई नजिकबाट सहयोग गरिरहेका व्यक्तिहरूसँग कसैको पनि सिधा पहुँच छैन । अमेरिका र दक्षिण कोरियाका गुप्तचर निकायले प्राप्त गरेका सूचनाहरूलाई आधार बनाएर समाचारहरू प्रकाशित भएका हुन् ।  


तानाशाहहरू ढल्दा वा मर्दा प्राय देशहरूमा अस्थिरता र मानवीय सङ्कट आउने गर्छ । यस्तो अवस्था आइपरेमा चरम गरिबिमा पिल्सिएका उत्तर कोरियाका नागरिकलाई तात्कालिक र दीर्घकालीन सहयोग कसरी गर्ने भनेर अमेरिकाले योजना बनाइरहेको समाचार पनि आज फक्स न्युजमा छ । फक्स न्युजको समाचारलाई आधार मान्दा उत्तर कोरिया र अमेरिकाले एक अर्कालाई दुश्मनको रुपमा लिने गरेपनि बिपतमा अमेरिका उत्तर कोरियाको सहयोगी शक्तिको रुपमा उभिएर तिक्ततालाई मिटाउने अवसरको खोजीमा रहेको देखिन्छ ।’अमेरिका नै उत्तर कोरियाको प्रमुख दुश्मन हो । देश कब्जा गरेर सवै नागरिकलाई मार्न चाहन्छ’ भनि उत्तर कोरियाली शासकले बाढेको त्रास र भ्रमलाई अमेरिका त्यस्तो होइन भनि कोरियन जनताको विश्वास जित्न चाहन्छ ।  

उत्तर कोरियाली नेताको स्वास्थ्यको बारेमा विवादास्पद रिपोर्टहरू आइरहेका कारण अमेरिकाले योजनाहरूको बारेमा छलफल गरेको अपुष्ट स्रोतहरूको हबला दिदैँ थुप्रै सन्चार माध्यमा समाचार आएको छ । अहिले किमको स्वास्थ्यलाभको कामना गर्दै सुधार हुन नसकेमा गर्ने योजनाका विषयमा  पनि अमेरिकी निकायमा छलफल हुनुलाई अस्वभाविक भन्न मिल्दैन ।  


उत्तर कोरियाले विश्व समुदायसँग कुनै पनि नागरिकलाई जोडिन दिएको छैन । रेडियो टी भी , फोन, इन्टरनेट लगायतका सन्चार माध्यमको सुविधाबाट बञ्चित गरिएको छ । केन्द्रिकृत राज्यसत्ताका कारण स्वतन्त्रता पूर्वक खेतीपाती, उद्योग व्यवसाय र पेशा अवलम्बन गर्ने अधिकार नागरिकसँग छैन । अधिकांश उत्तर कोरियाका नागरिक भोकमरीको चपेटामा छन् ।

जसका कारण सयौ उत्तर कोरियाका नागरिक सिमा क्षेत्रमा तैनाथ सेना र सुरक्षाबलको आँखा छलेर ज्यान जोखिममा हाल्दै दक्षिण कोरिया र चिन तर्फ भाग्ने गरेका छन् । देश छोडेर भाग्नेहरुलाई भेटेको खण्डमा उत्तरकोरियाको सुरक्षा बलले देश द्रोहीको अभियोग लगाउदै तत्काल मृत्युदण्ड दिने गरेको छ ।


राष्ट्रियताको नारा दिएर टिकेको नेतृत्व केही हुनासाथ उत्तर कोरिया भित्र ठूलो मानवीय सङ्कटको सम्भावनाको आकलन अधिकारीहरूले गरिरहेका छन् ।  जसमा भोकमरीको सामना गरिरहेका लाखौं मानिसहर तुलनात्मक रुपमा खुकुलो रहेको चीन तर्फको बोडर पार गरेर शरणार्थीको रुपमा चीन छिर्न सक्ने अनुमान गरिएको छ । धेरैजसो उत्तर कोरियालीहरू भागरे दक्षिण कोरिया जान इच्छुक भएपनि दूई देशको बोडरमा विभिन्न तहमा राखिएका सुरक्षाकर्र्मीका कारण ज्यानको जोखिम मोल्नु पर्ने हुन्छ । 


उत्तर कोरिया र नेता किमको विषयमा विश्वमा कुनै पनि समाचार र टिकाटिप्णी हुनासाथ आक्रमक रुपमा प्रस्तुत हुने उत्तर कोरियाको सरकारी सन्चार माध्यमले यस खासै प्रतिक्रिया जनाएको छैन । उत्तर कोरियाका सरकारी अधिकारीहरूले बाहिर आएका समाचार अफबाह मात्र भएको बताएका छन् । तर उत्तरकोरियाको सरकारी सन्चारमाध्यमहरु रोडोंग सिनमुन, जोसोन इमिंगउन, मंजु चोसोउन लगायतले किमको स्वास्थ्यको बारेमा केही पनि समाचार छापेका छैनन् । यसलाई अर्थपुर्ण रुपमा लिइएको छ । 


तस्विर: एनवाईटाइम्सबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result