अमेरिका । नेपाली जनसम्पर्क समिति अमरिकाको तेस्रो केन्द्रीय अधिवेशन यही अगष्ट १४ देखि १६ तारिखसम्म भर्जिनिया राज्यमा सम्पन्न हुँदैछ । अधिवेशनको मिति एक हप्ता बाँकी रहँदा अध्यक्ष, महासचिव लगायतका महत्वपूर्ण पदहरुमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । करिव १२ बर्षपछि हुन लागेको यस अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले गर्ने तय भएको छ ।
अध्यक्ष पदका लागि मुनिन्द्र नेम्वाड्ग, गौतम दाहाल, भरत अर्याल, सीपी पौडेल लगायतको नाम चर्चामा रहेको छ भने वेद खरेल र विष्णु सुवेदीको नाम पनि अघि सारिएको छ ।
गौतम र दाहालले आफू अध्यक्ष पदको प्रत्यासी भएको घोषणा गर्दै एजेण्डा सार्वजनिक गरेरै चुनावी अभियान शुरू गरिसकेका छन् । यद्यपि अधिवेशमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको र केन्द्रवाट पनि सहमतिका साथ अघि बढ़न आग्रह गरिएको बताइएको छ ।
यसैवीच अधिवेशनको मिति नजिकिदैं गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ । बरिष्ठ उपाध्यक्षमा यसअघि केन्द्रीय सदस्य रहेका क्यालिफोर्नियाका चन्द्र धितालले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी एनआरएनएका पूर्व क्षेत्रिय उपाध्यक्ष श्रीराम थापाले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
युवा पत्रकार उत्तम धमलाले युवावर्गले नेतृत्व पाउनुपर्ने अवधारणाका साथ बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदहरूमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।
अधिवेशनको संयोजक रहेका पूर्व बरिष्ठ उपाध्यक्ष धनन्जय केसीले भार्जिनियामा हुने सम्मेलनमा सहभागी हुन र भव्यताका साथ अधिवेशन सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन् ।
निकै लामो सकसपछि हुन लागेको कारणले पनि जनसम्पर्कको अधिवेशनलाई अमेरिकाभर र नेपालमा समेत निकै चर्चा र चासोपूर्वक हेरिएको छ ।
सन् २०१४ मा ड्यालसमा भएको दोस्रो अधिवेशनपछि कांग्रेसको आन्तरिक राजनीतिका कारण समयमा हुन सकेको थिएन । जनसम्पर्क समिति नेपालको राजनीतिक दल नेपाली कांग्रेसका कार्यकर्ताहरुको प्रवासी भातृसंस्था हो ।











प्रतिक्रिया लेख्नुहोस्:-