Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारत सँग सिमा विवाद र नेपालले तत्काल थाल्नुपर्ने कामहरू : लोक चेम्जोङ

बैशाख २९, २०७७ ११:५६ मा प्रकाशित
भारत सँग सिमा विवाद र नेपालले तत्काल थाल्नुपर्ने कामहरू : लोक चेम्जोङ
Share on FacebookShare on Twitter
लोक चेम्जोङ
नेपाल- भारत सिमा विवाद लामो समयदेखि चलिआएको छ । खासगरेर नेपाल- भारत सिमाको पछिल्लो आधिकारिक प्रमाण सुगौली सन्धी नै हो । नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच सन् २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाल युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए। यो सन्धि हुन पूर्व नेपालको सिमाना पूर्वमा टिष्टा नदि र पश्चिममा कांगडा सम्म फैलिएका थिए । नेपालले त्यस सन्धिमा आफ्नो भूभाग गुमाउनका साथै अन्य धेरै असमान सन्धिहरू भएका थिए ।
पछी ब्रिटिश भारत छोडेर गएपछी नेपाल भारतविच नयाँ सन्धी भयो तर त्यसले पनि नेपाल भारतविचको सिमाविबाद टुंग्याएन । परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ । यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, लगायत तराईका कैयौ क्षेत्रहरू छन् । नेपाल भारत सिमा विवाद नेपाल पक्ष सदाको लागी टुंग्याएर छिमेकी मुलकसंगको मैत्रिपूर्ण सम्बन्ध स्थापित गर्दै नेपालले छिमेकी दुई ठूला देशहरू चिन र भारत संग आर्थिक , राजनितिक हिसावले विश्वको अर्थतन्त्रमा नेपालको चिन र भारत दुई महत्वपूर्ण वैशाखी बन्दै आत्मनिर्भर बन्न सक्दछ ।
सिमा विबादको विषयलाई लिएर एक अर्कामा आरोप प्रत्यारोप लागाउनु भन्दा नेपाल र भारतविचको विवादलाई कुटनिटिक पहलद्वारा समाधान गर्न जरूरी छ ।
अब ,वास्तवमा सिमा विबादको विषयलाई लिएर एक अर्कामा आरोप प्रत्यारोप लागाउनु भन्दा नेपाल र भारतविचको विवादलाई कुटनिटिक पहलद्वारा समाधान गर्न जरूरी छ । त्यसको लागी नेपाल सरकारले तत्काल पहल थाल्नु पर्दछ । दुई मुलुकविचको विवाद फेरी नयाँ पनि होईन ,प्रत्येक साल भारतीय पक्षले नेपालको सिमा मिच्दै आउने , हामीले सामान्य विरोध मात्र गर्ने र युवा विद्यार्थी उफार्दैमा सिमा विवाद समाधान हुदैन । विवाद समाधान गर्नका लागी सबैभन्दा पहिले नेपाल सरकारले प्रधानमन्त्री स्तरमा भारतसंग वार्ता थाल्नु पर्यो । त्यो भन्दा पहिले नेपालको सरकार परिवर्तन र भारतीय विभिन्न एजेण्टहरूको रहोवरमा हुने खुलेआम हस्तक्षेपहरू , राजनितिक प्रभावहरू , छात्रवृती , सानोतिनो विकासको योजनाहरू , स्कुलका , हस्पीटलका भनवहरू बनाउने विषयमा भारतीयहरूको मुख ताक्ने मगन्ते प्रबृदी छोड्नु पर्छ । त्यस्ता मगन्तेहरू नेपाल सरकार देखी , विभिन्न मन्त्रिहरू , सचिवहरू , प्राध्यापकहरू , एनजीओ, ऐएनजिओ , देखी विभिन्न नेताहरूको नाममा खोलिएका फाउण्डेशनहरू सबैले भारतीय सहयोग बन्द गर्नुपर्छ । त्यसपछी भारतले नयाँ सिमा कायम गर्ने सन्दर्भमा आनाकानी वा हेपाहा प्रवृत्ति गर्यो भने हामी संयुक्त राष्ट्रसंघमा लाखौको संख्यामा गएर दबाव दिन सक्दछौ । संयुक्त राष्ट्रसंघको एक असल सदस्य हुनको नाताले अन्तराष्ट्रीय संक्तीहरूसंग सहयोग मागेर भएपनि भारतीय पक्षलाई घुडा टेकाउनु पर्दछ । त्यो हिम्मत नेपाल सरकारले गर्नु पर्दछ । यो तत्काल थालनी गर्न आवश्यक छ । तर त्यसको लागी नेपालका प्रधानमन्त्री देखी सबै मन्त्रीहरूले हामी भारतीय सहयोग विना पनि आत्मान्भर छौ भन्ने हिम्मत गर्नुपर्छ । कतिपय अन्तराष्ट्रीय मापदण्ड र विभिन्न सन्धी सम्झौताको कारण कुनैपनि देशले नाकावन्धी वा सामना ओसार पोसारमा रोक लाउन पाउदैन । उदाहरणको लागी नेपालमा नुन उत्पादन हुदैन , तेल (ग्यास) उत्पादन हुदैन तर त्यसता वस्तुहरू खरिदगरी नेपाल ल्याउनका लागी कुनै पनि शक्तीले / मुलुकले रोकतोक लाउन मिल्दैन ।
नेपालको सिमा सुरक्षाको नयाँ रणनीति वनाएर यसको दिर्घकालिन समाधानतिर जानु आवश्यक छ। त्यसकोलागी नेपालको सुरक्षाकर्मीहरूको संरचनामा व्यापक परिवर्तन गरी नेपाली सेनाको पुनर्संरचना गर्नु पर्ने देखिन्छ । वर्तमान संविधान अनुसार नेपाली सेना संघिय सरकार अन्तर्गत पर्दछ । यसलाई संघिय संरकार अन्तर्गत नै कायम गरेता पनि यसको विभिन्न विभागहरू र संरचनाहरू निर्माण गर्न सकिन्छ । त्यसको लागी सिमा सुरक्षा वल गुल्म निर्माण गरेर त्यसलाई पाँच भागमा विभाजन गरी विकेन्द्रीकरण गरेर छुट्ट छुट्टै गुल्महरू खडा गर्ने र त्यसको भर्ति प्रकृयादेखी आन्तरिक अफिसियल कार्यहरू गुल्मपति अन्तर्गत नै हुनेगरी छुट्टै प्रकृतिको तर संघिय सरकार अन्तर्गत नेपाली सेना मातहतको नेपाली सेनाहरूको शक्ती निर्माण गर्न आवश्यक छ ।
सेनाहरूको काम भारतीय वा चाईनासंग युद्ध लड्ने होईन हाम्रो विदेश निति , असंग्नता पराराष्ट निति र शान्तिपूर्ण वार्ताद्वारा समस्याको समाधान गर्ने निति नै प्रमूख हो ।
आफ्नो खेतबारीको माटोमो मुल्य आफैले संरक्षण गर्ने गरी पूर्वमा लिम्बुवान गुल्म , तराईमा मधेश धरूहट गुल्म , पश्चिममा खसान गुल्म र उत्तरमा शेर्पा गुल्म हरूको निर्माण गरेर त्यो सेनाको गुल्महरूमा त्यसै क्षेत्रको युवाहरूलाई भर्ती गराएर सिमा रक्षाम तैनाथ गर्नु पर्दछ । ती सेनाहरूको काम भारतीय वा चाईनासंग युद्ध लड्ने होईन हाम्रो विदेश निति , असंग्नता पराराष्ट निति र शान्तिपूर्ण वार्ताद्वारा समस्याको समाधान गर्ने निति नै प्रमूख हो । तर हाम्रो खुल्ला सिमानका कारण कतिपय सन्दर्भमा राज्यको निति विपरीत छिमेकी मुलुकको हेपाहा र मिचुवा प्रबृद्दीसंग जुध्न र हाम्रो सिमानालाई हजारौ वर्ष कायम राख्नका लागी पनि तत्काल यो कार्य गर्न आवश्यक छ । नत्र आज कालापनी , लिपीयाधुरामा भारततले सडक बनायो, हिजो सुस्ता , टवकपुर , पशुपतिनगर मिचियो , प्रत्येक वर्ष तराईको विभिन्न ठाउहरूमा झडप हुन्छ, विवाद हुन्छ, विरोध गरिन्छ तर समास्य समाधन हुदैन । त्यसकारण पनि आफ्नो मातृभूमि र आफ्नो थाकथलोसंग सम्बन्ध गरेको समुदायहरूको संलग्नतामा नै सिमा सुरक्षावल सेना निर्माण गर्नु आवश्यक छ । नत्र सिंहदरवारमा बस्नेले कुनवेला के हिसाव गरेर देश वेचिरहेको छ , देश लुटिरहेको छ हामीलाई पत्तै हुन्न।
नेपालको सार्वभौमि सत्तालाई सुरक्षित राख्न र नेपालको परराष्ट्र नितिमा एक विदेश निति कडारूपमा बनाई लागु गर्ने गरी कार्यन्वयनमा नलगी सुख छैन ।
नेपालका शत्तासिन पार्टी र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको स्थापना भारत मै भएको थियो । त्यतीमात्र होईन नेपाली कांग्रेसले भारतीय सहयोग नै तत्कालीन राणाविरोधी आन्दोलन गरे र सफल पनि भए । तत्कालीन नेकपा पुष्पलाल श्रेष्ठ को नेतृत्वमा भारतमै भएको र तत्कालीन आओवादी युद्द पनि भारत नै नेताहरू बसेर संचालन गरेको मात्र होईन नेताहरू भारतीयप्रसासनको संरक्षणमा समेत रहेको पुष्टी भएको छ । त्यतीमात्र होईन नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागी युद्धरत शक्ती र सात दल विच ऐतिहासिक १२ बुदे सम्झौता पनि भारतको दिल्ली मै भएको थियो । यी सबै घटनाहरू त्यसमाथी पनि नेपालको प्रधानमन्त्री भएलगत्तै दिल्लीमा लम्पछारपरेर नेपाली प्रधानमन्त्रीहरू जानु , मलाई सरकारमा पठाउन सहयोग गर्नुपर्यो भनेर नेताहरूले दिल्ली धाउदैआउनु यी सबैलाई हेर्दा वर्तमान नेपाल भारत सम्बन्ध र नेपाली नेताहरूको ( कांग्रेस , कम्युनिस्ट) गतिविधि हेर्दा माथी उल्लेख गरे झै हिम्मत भएका नेता देखिन्दैन । त्यसकारण नेपालको सार्वभौमि सत्तालाई सुरक्षित राख्न र नेपालको परराष्ट्र नितिमा एक विदेश निति कडारूपमा बनाई लागु गर्ने गरी कार्यन्वयनमा नलगी सुख छैन । अहिलेको नेतृत्ववाट नेपालको सार्वभौमिकता रक्षा हुनेमा संका गर्नुपर्ने प्रसस्त ठाउ हुदाहुदै पनि यही नेताहरूलाई सुधारेर जनताको व्यापक दवाबकाविच अन्तराष्ट्रीय सुपरिवेक्क्षण र अनुगमनमा तत्काल टुंग्याउन संयुक्त राष्ट्रसंघलाई गुहार्नु नेपालको एकमात्र वाटो हुनेछ ।
(लेखक : नेपाल आदीवासी जनजाति महास‌ंघ अमेरिकाका अध्यक्ष हुन् । यो लेखका नीजि विचार हुन्)

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result