काठमाडौं । आज भएको खेलमा नेपालले केन्याविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।
अन्तिम खेलमा नेपालले सिरिजकै उत्कृष्ट योगफल तयार गरेको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको केन्याले ७ विकेटको क्षतिमा १४४ रनमात्र ल्याउन सक्यो।
केन्यालाई १४४ मा रोक्न कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई दुई विकेट लिए भने करण केसी, मोहम्मद आदिल आलम र दीपेन्द्र सिंह ऐरीले एक(एक विकेट लिए।
नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले उत्कृट प्रदर्शन गरेका थिए। उनले ५९ रन बनाउन ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै उपकप्तान रोहित पौडलले ४७ रन बनाउँदा अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाएका थिए।
त्यस्तै पवन सराफ १ बलमै पेभेलियन फर्किए भने मोहम्मद अदिल आलम ४ रनमा बोल्ड भए। विवेक यादव २ रनमा आउट हुँदा करण केसी २ रनमै अविजित रहे।
पछिल्ला चार खेलमै फिल्डिङ गरेको नेपालले मंगलबार टस जितेर पहिले ब्याटिङ रोजेको थियो।






प्रतिक्रिया लेख्नुहोस्:-