काठमाडौं । साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको छ।
बुधबार भारतको बैंगलोरस्थित श्री कांतिराव रंगशालामा भएको खेलमा नेपाल बलियो टोली कुवतेसँग पराजित हुँदै अंक गुमाएको हो। कुवेतको लागि मोहम्मद अबदुल्लाह, खादिल हाजिाय र सबाइब खादीले गोल गरे। नेपालका लागि एक मात्र गोल अन्जन विष्टले गरे।
कुवेतका क्याप्टेन खालिद हजियाले २३औं मिनेटमा कर्नर किकमार्फत् बाउन्स हुँदै आएको बललाई छातीमार्फत् जाली चुमाएका थिए। त्यसपछि ४२ औं मिनेटमा सबाइबल खादीले गोल गर्दै अग्रता दोब्बर बनाए। डिबक्सबाट डिफेन्डरलाई छलाउँदै उनले हानेको प्रहार गोल भएको थियो।
पहिलो हाफ २–० को अन्तरमा सकिएको थियो। दोस्रो हाफको ६५औं मिनेटमा फेरि कुवेतले तेस्रो गोल गर्यो। कुवेतका लागि तेस्रो गोल मोहम्मद अबदुल्लाहले पेनाल्टीमार्फत् गरे।
त्यसको लगत्तै तीन मिनेटपछि नेपालले गोल फर्कायो । नेपालका लागि ६७औं मिनेटमा अन्जन विष्टले गोल गरे। बाँकी समय दुवैतर्फबाट गोल हुन नसकेपछि खेल कुवेतले ३–१ को अन्तरले जित्यो।






प्रतिक्रिया लेख्नुहोस्:-