काठमाडौं। त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हराउँदै संकटा क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटाले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
संकटाको लागि ओलोमा् मेसुके, स्टेफन विनोङ र सुरज ज्यु ठकुरीले गोल गरे। आर्मीको लागि भने नवयुग श्रेष्ठले एक गोल फर्काए ।
१६ औँ मिनेटमा गोल गर्दै नवयुगले त्रिभुवन आर्मी क्लबलाई अग्रता दिलाएका थिए। तर ३६ औँ मिनेटमा संकटाका स्टेफनले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-