काठमाडौं। जावलाखेल यूथ क्लब आहा रारा गोल्डकप फुटबलमा क्वार्टरफाइनलमा पुगेको छ।
आज पोखरा रंगशालामा भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो।
जावलाखेलका लागि हिसुब थपलियाले ३८ औं मिनेटमा गरेको गोल नै जावलाखेललाई जित दिलाउन पर्याप्त बनेको थियो ।
क्वार्टरफाइनलमा जावलाखेलले मनाङ मर्स्याङदीसँग खेल्नेछ । मनाङले सिधै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।






प्रतिक्रिया लेख्नुहोस्:-