काठमाडौं । एमसीसीबारे सत्तारुढ दलमा नै खटपट भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।
खाँड आज बिहान साढे १० बजे नेपाल निवास कोटेश्वर पुगेका थिए उनले डेढ घण्टाभन्दा बढी अध्यक्ष नेपालसँग यस विषयमा गहन छलफल गरेका थिए । एमसीसीलाई संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रैबाट सहयोग पाएका छैनन् ।
यसअघि शीर्ष तहमा एमसीसी संसदबाट संकल्प प्रस्तावसहित पारित गर्ने समझदारी भए पनि माओवादी र नेकपा एसभित्र विरोध छ । प्रचण्ड र माधव नेपालले १० दिन समय मागेकामा अब एक साता बाँकी छ ।
प्रधानमन्त्रीले फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी पारित गर्न खोजेका छन् । सत्ता गठबन्धनका नेता मनाउनेक्रममा खाणलाई कोटश्वर पठाएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि प्रचण्डसँग छलफल गर्न देउवाले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री खाणलाई खुमलटार पठाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-