काठमाडौं । आज भएको चीनसँगको मैत्रीपूर्ण खेलमा नेपालले चाइनालाई पराजित गरेको छ । शनिबार भएको खेलामा नेपाली युवा टोलीले चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीलाई ५–१ गोलले हराएको हो।
नेपालका लागि समिर तामाङले दुई गोल र सञ्जिव विष्ट, छिरिङ लामा र निराजन धामीले एक–एक गोल गरे। नेपालले दोस्रो मिनेटमै सञ्जीवको गोलबाट अग्रता लिएको थियो। खेलको ३९औं मिनेटमा समिरले अग्रता दोब्बर पारेका थिए। उनले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यस्तै ६३औं मिनेटमा छिरिङ लामा, ७४औं मिनेटमा निराजन धामीले पाँचौं गोल गरेका थिए।
नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो। खेलमा सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-