काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा भएको स्पट फिक्सिङमा संलग्न ५ जना नेपालीलाई मुद्दा चलाइएको छ।
फिक्सिङमा नेपालीसहित १० जनाको संलग्नता रहेको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो। स्पट फिक्सिङमा जम्मा १२ जनाको संलग्नता रहेको खुलेको थियो। उनीहरुमध्ये ५ जना नेपाली थिए भने ७ जना विदेशी थिए।
पाँच नेपाली मध्ये नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी मेहबबु आलम, राष्ट्रिय टोलीका अलराउण्डर मोहमद आदिल आलम र वीरगञ्जका क्रिकेटर नितेश गुप्ता भनिने नितेश साह पक्राउ गरेका थिए। पक्राउ परेका यी तीन जना र फरार काठमाडौंका नवीन कँडेल र सप्तरीका रवि माझीविरुद्ध मात्रै मुद्दा दर्ता भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-